जागिर छाडेर वडाध्यक्षमा उम्मेद्धवारी

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट
  • राम बहादुर बिश्वकर्मा

मंसिर ३ प्युठान । प्युठानमा स्थानीय तहको उपनिर्बाचन को सरगर्मी बढिरहेको छ । गाउँ टोल बजारमा यतीखेर जिल्लाका ३ स्थानिय तहमा वडा चुनाव हुने भएको छ ,अध्यक्षमा कुन पार्टीले जीत हात पार्ला भन्ने उत्सुकता बढिरहेको छ । यतीखेर राजनीतिमा सक्रिय भएका व्यक्तिहरु वडा अध्यक्ष को उम्मेदवार बनेर भोट माग्दै घरदैलो गरिरहेका छन् । संघ संस्था र सरकारी जागिरे भएकाहरु मध्ये पनि कोही जागिरै छाडेर उम्मेदवार बनेका छन् ।

प्युठानमा पनि यस्तै भएको छ । जागिर छाडेर वडा अध्यक्षको दौडमा लागेका मध्ये एक हुन् ऐरावती गाउँपालिका १ का अमर रेश्मी मगर अहिले उनी निकै चर्चामा छन् । जागिर नै छाडेर वडा अध्यक्षको उम्मेदवार बनेपछि उनको चर्चा चलेको हो । वडा अध्यक्षको उम्मेदवार बनेका मगर युवा स्वरोजगार कार्यक्रम अन्तर्गतका जिल्ला सदस्य सचिब पदमा जागीरे थिए । ७ वर्षदेखि गर्दै आएको जागिर छाडेर उनी राजनीतिमा आएका हुन् । मगर नेपाली काङ्ग्रेसको तर्फबाट ऐरावती गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्ष पदको उम्मेदवार हुन् ।
पार्टीले उनलाई सर्बसम्मत उम्मेदवारी दिएको हो ।

प्रस्ट भिजन र प्रतिबद्धता भएका नेताहरु नहुँदा आम सर्वसाधारण जनताले धेरै कष्ट र हैरानी खेप्नुपरेको छ । हामी ठूला पार्टी र नेताहरुले गर्न सकेनन्, भ्रष्ट भए भनेर गुनासो मात्रै गरिरहेका छौं । गुनासो गरेर सुध्रिने अवस्था देखिएन । गुनासो गरेर समय खेर फाल्नुभन्दा आफैं राजनीतिमा होमिएर राजनीतिलाई नै सही दिशा ल्याई हाम्रै पालामा सुशासन र समृद्धि ल्याउन सम्भव छ भन्ने निष्कर्षका साथ परिवर्तन र मुलुकलाई सहि दिशामा लैजान युवा नेतृत्व अपरिहार्य रहकाले जागिर छाडेर आफु सक्रिय राजनितीमा लागेको उनको भनाई छ ।

समाजका प्रबुद्ध व्यक्ति, समाजिक व्यक्तित्व भएका अग्रजहरु, युवा तथा शुभचिन्तकहरुको सल्लाह बमोजिम वडा अध्यक्षको उम्मेदवार बनेको मगरले बताए । सामाजिक सेवामा काम गरेकाले समुदायमा आफनो राम्रो परिचय रहेको उनको दावी छ । पार्टीले पनि सक्षम र नेतृत्व गर्न सक्ने युवा भएकाले उम्मेदवार बनाएको नेपाली काङ्ग्रेसका जिल्ला सचिब देबेन्द्र बर्माले बताए ।

सुरुका तिनचार वर्ष यता जिल्लामा नेपाली काङ्ग्रेसमा पाका पुस्ता देखि युवाहरुको आकर्षण बढ्दो छ पाकापुस्ताबाट सल्लाह सुझाब लिदै युवाले काम गरिरहेका छौँ , अबका दिनमा पढेलेखेका र भिजन भएका इमान्दार युवा राजनीतिमा आउनुपर्छ र राजनीतिलाई सही बाटोमा ल्याउनुपर्ने उहाँको भनाई छ ।

जागिर खाएको मान्छे किन राजनीतिमा लाग्नुभयो भनेर सोधिएको प्रश्नको जवाफमा मगर भन्छन्, ‘राजनीतिलाई फोहोरी खेल भनेर सधैँ आफू चुप लागेर बस्ने होइन। यसरी राजनीति कहिल्यै सफा हुँदैन। यो फोहोरी खेललाई सफा गर्न राजनीतिमा लागेको हुँ।’

व्यवस्था परिवर्तन भएपनि नेपालमा आम मानिसको अवस्था परिवर्तन नभएकोमा उनी चिन्तित छन्। ‘अब व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन आउनुपर्छ भन्ने मेरो मान्यता हो, त्यसका लागि आगामी दिनमा राजनीति नै आफ्नो आगामी लक्ष्य रहेको प्रष्ट पारे।

प्रतिक्रिया दिनुहोस