भारतबाट पुरुष भलिबल टिम आज स्वदेश फर्कदै

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३, काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी गर्न भारतको बैंगलोरमा दुई साता प्रशिक्षण गरेको नेपाली पुरुष भलिबल टिम आज स्वदेश फर्कने भएका छन् ।

भारत भ्रमणमा रहदा नेपाली टिमले भारतको राष्ट्रिय टिमसँग तीन मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल तीनै खेलमा पराजित भएको  थियो । साउदर्न साई कभर्डहलमा सोमबार साँझ भएको अन्तिम मैत्रीपूर्णमा भारतले नेपाललाई ५(० को सोझो सेटमा पराजित गरेको थियो ।नेपाली टिम भारतमा बिहान र बेलुका गरि दुई चरणमा विशेष तयारी गरेको थियो । नेपाललाई डच प्रशिक्षक लेस्ले डि जोङले प्रशिक्षण दिएका थिए ।नेपालमा आयोजना हुने १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, जनकपुर र पोखरामा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस