प्रिती जिन्टा बनिन् जुम्ल्याहा बच्चाको आमा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २, मुम्बई । बलिउड अभिनेत्री प्रिती जिन्टाले जुम्ल्याहा बच्चाको जन्म दिएकी छन्। उनले ट्वीटरमार्फत् यस्तो जानकारी दिएकी हुन्। उनले पति जीन गुडइनफसँग तस्बिर सेयर गर्दै डाक्टर, नर्स तथा शुभचिन्तकहरुलाई धन्यवाद दिएकी छन्।

उनले जीवनको नयाँ यात्राका लागि आफूहरु खुसी भएको उल्लेख गरेकी छन्। उनले बच्चाको नाम जय र जिया राखेकी छन्। प्रीतिले जिन्दगीको नयाँ यात्रालाई लिएर निक्कै नै उत्साहित भएको पनि लेखेकी छन् । उनले लेखेकी छन्, ‘म डाक्टर र नर्सका साथै सबैलाई यो सुखद् यात्राका लागि धन्यवाद दिन चाहन्छु । सबैलाई धेरै माया ।’

प्रिती जिन्टा दिल से फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन्। त्यसपछि उनले सोल्जर, क्या कहेना, चोरी चोरी छुपके छुपके, दिल चाहता है, दिल है तुम्हारा, सलाम नमस्ते, कभि अलविदा ना कहेनाजस्ता फिल्ममा अभिनय गरेकी छन्। उनले थुप्रै अवार्डहरुसमेत जितेकी छन्।

प्रतिक्रिया दिनुहोस