बाजुरामा भोेटे जनजाती सेवा संघको केन्द्रिय अधिवेशन सम्पन्न ।

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २ बाजुरा । नेपाल भोटे जनजाती सेवासंघको केन्द्रिय अधिवेशन सम्पन्न भएको छ । शनिबारबाट बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा सुरु भएको सेवासंघको केन्द्रिय अधिवेशन नँया नेत्तृत्व चयन गर्दै सम्पन्न भएको हो ।

जनजाती महासंघको केन्द्रिय अध्यक्षमा बाजुरा जिल्लाका गम्बिरसिंह गुरुङ्ग निर्विरोध चयन हुनुभएको छ भने उपाअध्यक्षमा चन्द्र बहादुर विष्ट, सचिव दावा गुरुङ्ग भोटे, सहसचिवमा बिमला थापा बोगटी, कोषअध्यक्षमा जनक भण्डारी र सदस्यमा सिता बोगटी, हर्क गुरुङ्ग, कबल भण्डारी र शम्भु भण्डारी गरी ९ सदस्यीय कार्य समिति गठन गरिएको भोेटे जनजाती सेवा समितिका प्रदेश पार्षद ओमकार बोगटीले जानकारी दिनुभयो ।
सबैको सहमतीका आधारमा केन्द्रिय कार्यसमिति गठन गरिएको बताइएको छ ।

महासंघ आगामी दिनमा देशैभरी छरिएर रहेको भोटे जनजातीहरुको हकहितका लागि कहिल्यै पछाडी नपरी कार्य अगाडी बढाउने नवनिर्वाचित अध्यक्ष गुरुङ्गको भनाई छ ।

प्रतिक्रिया दिनुहोस