जनताका कुरा सुन्न रोङका जनप्रतिनिधी गाउँ पसे

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

मङ्सिर १, ईलाम । रोङ गाउँपालिकाका जनप्रतिनिधीहरु जनताको गुनासो र सुझाव संकलन गर्न गाउँ पुगेका छन् । आफुहरुले यति समय सम्म जनताको काममा लागी परिरहदा के कस्ता परिवर्तन आयो भनेर प्रत्यक्ष बुझ्न गाउँ पसेको गाउँपालिका शमसेर राईले बताए ।

गाउँपालिकाको आयोजनामा भएको जनतासँग जनप्रतिनिधी नामक कार्यक्रमको रेडियो बुद्धबाणी एफ एम ९५.७ मेगाहर्जले संयोजन गरेको थियो ।इलामका दशवटा स्थानिय तह प्रबेशद्धार भएकाले जो कोहीको पनि रोङको बिकास र समृदिका लागी चासो हुने गर्दछ । ति सबै कुरालाई ध्यानमा राखेर सिहँ दरवारको अधिकार गाउँमा आएको आभाष जनतालाई गराउन हामी लागी परेको उपाध्यक्ष चन्द्रकला बुडाथोकीले बताइन् । रोङ गाउँपालिका वडा नम्बर ४ का विनोद मगरले गाउँ पुग्ने सडक नभएकाले गाडी पारिपारी कराएको मात्र सुनिन्छ । खानेपानी छैन भएको पानीको मुहान पनि दिनानुदिन सुक्दै छ ।

रोङ पहरीगाउँकी दिल कुमारी राईले मुख्य कार्यालय पुग्ने बाटो छैन । कानुनी कुराको जानकारी नभएको कारण धेरै अधिकारबाट बञ्चित छौ राईले भनिन् । त्यस्तै बल बहादुर तामाङ्गले गाउँपालिकाको कार्यक्रम सान्र्दभिक भएपनि त्यो अनुसार काम नभएको गुनासो गरे । कृषीक्षेत्र भएकाले यसतर्फ ध्यान दिनुपर्ने अधिकांश सहभागीले जोड दिएका थिए । आएका जिज्ञासालाई वडाअध्यक्ष सुर्य राईले वडा कार्यलयको टिम सर्किय भएर सेवा प्रबाह गरेको बताए । यो कार्यक्रमले थप उर्जा थपेर काम गर्ने उत्साह बढेकोे राईले बताए । गाउँपालिका उपाध्यक्ष चन्द्रकला बुडाथोकीले कार्यक्रमले जनतासँगको सम्पर्क बढाएको बताउदै गाउँमा भएका समस्या सुन्न कार्यक्रमको आयोजना गरिएको बताईन् । सहभागीको प्रश्नले काम गर्ने क्षमतामा समेत उर्जा थपिएको बताईन ् ।

गाउँपालिका अध्यक्ष शम्सेर राईले आफुले बनाएको कार्यक्रम राम्रो लागेपनि जनताले कसरी लिएका छन् भनेर बुझ्न पाए कार्यान्वयन गर्न सहज हुने बताए । तपाईहरुले मत दिएर जिताएका प्रतिनिधी भएकाले हाम्रो प्रश्नले रिसाउलान् भर्नु पदैन तपाईहरुको कुरा सुन्न आएको हौ जे छ त्यो भन्नु अध्यक्ष राईले भने । अध्यक्ष राईले योजना कति प्रभावकारी भयो भएन भनेर कार्यक्रमको आयोजना गरिएको बताए । जनताको अपेक्षालाई सम्बोधन गर्नका लागि जनप्रतिनिधिले निरन्तर काम गरिरहेको बताए । जनप्रतिनिधि भएपछि टोलमा गएको कार्यक्रम कति प्रभावकारी भयो भनेर बुझ्नलाई ६ वटै वडामा अभियान शुरु गरेको बताइएको छ ।

२०७६÷ ७७ को नियमित बजेटबाट छुटेका र जन चासोका बिषयहरुलाई मंसिर महिना भित्रमा बिशेष गाउँसभाबाट सम्बोधन गरिने अध्यक्ष राईले बताएका छन् । बाकी कार्यक्रम मंसिर ३ गते वडा नम्बर १ को शान्तिपुर, ४ गते वडा नम्बर २ को बर्फल्याङ्ग, ५ गते वडा नम्बर ५ को इरौटार ,६ गते वडा नम्बर ६ को जिर्मले र ८ गते वडा नम्बर ३ को कोल्बुङ्गमा गरिने गाउँपालिकाका प्रबक्ता मनि कुमार स्याङबो सुवासले बताए ।

प्रतिक्रिया दिनुहोस