मोफसलको चर्चित कलाकार बन्ने न्यान्सीको इच्छा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

मंसिर २, काठमाडौं । कलाकारको भिडमा आफुलाई स्थापित गर्ने चाहना र उद्देश्यले यो क्षेत्रमा आइपुगेकी थिइन् मोडल न्यान्सी गुरुङ ।उनको बास्तबिक नाम सिमा गुरुङ भएपनि कलाकारिता क्षेत्रमा उनि न्यान्सीको नामले पर्चित छिन।

उनि मेहनतको साथ् यो क्षेत्रमा आईपुगेको बताउछिन।उनको हालसम्म आधा दर्जन गित बजारमा आएको छ जसमा उनले अभिनय गरेकी छिन। उनि अहिले पनि यो क्षेत्रमा क्रियाशील भईरहेकी छिन भने पछिल्लो समय उनि पत्रकारिता तर्फ पनि आकर्षित भएकी छिन। उनि हाल खबर24नेपाल डटकम संग आबद्ध समेत रहेकी छिन । उनि भन्छिन म अझै मेहनतको साथ अगाडी जादैछु ।

मेरो आमाको सपना पुरा गर्न अनि आफुलाई कलाकारको रुपमा परिचय दिन म यो क्षेत्रमा आएको हु।अहिले उनि मोफसलमा बसेर संघर्ष गरिरहेकी छिन । उनको इच्छा मोफसलमा नै बसेर सफल हुने हो ।उनि भन्छिन सफलता हासिल गर्न राजधानी बसेर मात्र हुदैन मोफसलको जिल्लामा पनि प्रसस्त सम्भाबना छ भनेर देखाउनु पनि हो ।म भोलि मोफसलको चर्चित कलाकार बनेर अगाडी बढ्न चाहन्छु ।
किन यो क्षेत्र रोज्नु भयो अनि पछिल्लो समय पत्रकारिता तिर पनि पाइला चल्नु भएको छ कसरि मिलाउनु हुन्छ समय भन्ने प्रश्नमा उनि भन्छिन पत्रकारिता र कलाकारिता एक सिक्काको दुई पाटो हुन् । एक अर्काको परिपुरक पनि हुन् त्यसैले म दुवै क्षेत्रलाइ संगै अगाडी लाने सोचको साथ आएको हु ।

उनको अभिनय रहेको केहि नया गित पनि बजारमा आउने क्रममा छ उनि अहिले अभिनय मात्र हैन अब नृत्य विधामा पनि पोख्त हुनुपर्छ भन्ने सोचले गर्दा नृत्य र अभिनय दुवैको तालिम पनि गरिरहेकी छिन ।

प्रतिक्रिया दिनुहोस