मुख्यमन्त्री ज्यु हामि लाई राहत होईन, घरवासको ब्यवस्था गरिदेउ

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

मंसिर १, मुगु । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही लाई आगलागि पिडितहरुले तत्कालको लागि राहत सँगै पहिलो प्राथमिकता घरवासको ब्यवस्था मिलाई दिन आग्रह गरेका छन् । बुधवार विहान हेलिकप्टर मार्फत राहत ल्याएर सदरमुकाम गमगढी बजार आएका मुख्यमन्त्री शाही लाई यहाका पिडितले यस्तो बताएको हुन ।

गएको राति १२ बजे कार्तिक २९ गते गमगढी बजारमा भिषण आगलागि भए पछि पिडितहरु अहिले के खाऔ के लगाऔ भन्ने चिन्तामा रहेका छन् । अग्नि पिडितले मुख्यमन्त्री जीवन बहादुर शाही लाई यस्तो अडान दिएका छन् हामि लाई अहिले खाना सँगै बास बस्ने स्थान पनि छैन , सरकारले राहतको लागि टेन्ट प्रदान गर्ला तर हामि त्यो टेन्ट कहा हालेर बस्ने , कुन स्थानमा बस्ने कुनै पनि ठाउ नै छैन मुख्यमन्त्री ज्यु यो ऐतिहासकि घटना लाई मनन गर्दे छिटो भन्दा छिटो घर वासको लागि ब्यवस्था गरि दिन अग्नि पिडित छिरिङ लामाले बताए ।

प्रदेश सरकार बाट राहत प्रदान होला कहा खाने ? कहा राख्ने उनीहरुले प्रश्न गरेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री चन्द्रबहादुर शाही बुधबार राहत ल्याएर गमगढीमा पुगेका थिए तर राहत वितरण भएन । सरकार बाट राहत कम मात्रामा ल्याए पछि सबै लाई पुग्ने गरि पछि वितरण गरिने बताईएको छ । सदरमुकाम गमगढीस्थित तल्लो बजारमा भएको आगलागी पीडितहरु बिचल्लीमा परेका छन् । सोमबार साढे १२ बजे भएको आगलागीबाट २५ घरसहित बहालमा बसेको ५५ गरी ८० घर परिवार पीडित भएका छन्। उनीहरुले राहत राख्ने ठाउँसमेत नभएको भन्दै गुनासो पोखेका छन् ।

आगो निभाउने पानीसमेत नरहेको भन्दै पीडितहरुले मुख्यमन्त्री सामु आक्रोशित भएका थिए । मुख्यमन्त्री शाहीले पीडितहरुसँग छोटो अन्तरक्रियामा बोल्दै नेपाल सरकार बाट प्रदान हुदै आएको दलित , गरिब वर्ग लाई जनता आवास कार्यक्रम सञ्चालन गरेको छ शाहीले भने त्यस्तै सो सरहको घरवास निर्माण गर्न माग राख्नु भएको छ त्यो माग गर्न अलि नसकिने छेस्को काट्नु भएको छ ।

यदि सक्छ भने केन्द्र सरकारले घरवास निर्माणको लागि पहल कदमि चाल्ने बताए । शरीरमा लगाउने कपडासमेत हामीसँग नरहेकाले हाम्रो गास, बास र कपासको व्यवस्था गरिदिन प्रदेश सरकारका मुख्यमन्त्रीज्युलाई आग्रह गरेको अर्को पिडित झुम्वा तामाङले बताईन । मुख्यमन्त्रीले लिएरको आएको खाद्यान्न प्रशासनमार्फत् बाँडिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस