धादिङको बेनिघाटमा ग्यास बुलेट पल्टियो

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १,धादिङ । धादिङको बेनिघाटमा ग्यास बोकेको बुलेट गाडी पल्टिएको छ ।

बीच सडकमा गाडी पल्टिएपछि पृथ्वी राजमार्गमा आइतबार बिहानदेखि एकतर्फी रूपमा मात्र गाडी चलिरहेका छन् । वीरगन्जबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको पीआर ०६ जिडी १११३ नम्बरको बुलेट आइतवार बिहान सडक छेउमा पल्टिएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार पल्टिएको बुलेट उठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस