मोटरसाइकल घरको छानामाथी

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • गोबिन्द पौडेल, इलाम

कातिक ३०, इलाम । ताप्लेजुङबाट सुनसरीतर्फ आउँदै गरेको मोटरसाइकल ब्रेकफेल भई छानामाथि चढ्दा दुईजना घाइते भएका छन् । आज बिहान करिव १० बजेको समयमा मे ७ प १८८९ नम्बरको मोटरसाइकल इलाम नगरपालिका–१ नेपालटारको मेची राजमार्गको घुमाउरो सडकमा ब्रेकफेल भई स्थानिय टोमबहादुर थापाको टिनको छानामाथि चढेको थियो।

मोटरसाइकलमा सवार इलाम फाकफोकथुम गाउँपालिका ७ बस्ने २८ वर्षीय पहलमान मगर र पछाडी सवार सुनसरी वराह नगरपालिका–८ बस्ने २६ वर्षीय इन्द्र बहादुर बस्नेत घाइते भएका छन्। उनीहरू दुवैको इलाम अस्पतालमा उपचार भइरहेको इलामका प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस