बनभोज बाट फर्कदा दुर्घटना, १० घाइते

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • गोबिन्द पौडेल, इलाम

काातिक ३०, इलाम । इलामको कन्याममा बनभोज खाएर फर्कदै गरेको बस दुर्घटना हुदा दश जना घाइते भएका छन् ।

मोरङको उर्लाबारी बाट बनभोजको लागि इलामको कन्याम आएर र्फकदै गरेको को १ ज ५३३८ नम्बरको बस मेची राजमार्गको रोङ गाउपालिका वडानं ३ को अर्याल चोक नजिका आज ४ बजेतिर सडकबाट ५ मिटर जति तल खसेर दुर्घटनामा १० जना जति घाइते भएका छन् । घटना स्थलमा प्रहरी आउनु अघिनै घाइतेहरुलाइ उद्धार गरि झापा तिर लगिएको कारण सबैको बिबरण नखुली सकेको भएपनि तीनजना को नाममात्र खुलेको छ । नाम खुलेकाहरुमा सुरज पमू ,सनर्मल बराल र सन्त बहादुर लिम्बु रहेको संचारकर्मी गणेश अर्यालले बताए । थप बिबरण आउन बाकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस