नेकपा को पेशागत व्यावसायिक कमिटीको बिस्तारित भेला सम्पन्न

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २९, कास्की । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पोखरा -१७ को पेशागत व्यावसायिक कमिटीको बिस्तारित भेला नेकपा केन्द्रिय कमिटी सदस्य,कास्की ईन्चार्ज क राजकाजी गुरुङ करण को प्रमुख आतिथ्यतामा कास्की अध्यक्ष क कृष्ण थापा को बिशेष आतिथ्यतामा कमिटी संयोजक चित्रराज बराल को अध्यक्षतामा सम्पन्न भयो।

उक्त कार्यक्रममा पोमनपा वडा नं १७ का अध्यक्ष तिर्थराज अधिकारीले पोखरा (१७ मा करिब साडे दुई अर्बको बिकास निर्माणका कार्य संचालित भै रहेको जानकारी दिएभने १७ का पार्टी अध्यक्ष सुवास ढुंगाना ले पार्टी रणनीतिक ढंगबाट अगाडि बढेको हुँदा जित सुनिश्चित रहेको बताए । यस्तै कार्यक्रममा जिल्ला कमिटी सदस्य सुबर्ण श्रेष्ठले पार्टीले पोखरा १७ मा बिगतको बिरासतलाई स्थापित गर्न पार्टी तमतयार रहेको जानकारी दिए ।

जिल्ला अध्यक्ष कृष्ण थापाले कार्यकर्तालाई ईमान्दार र शसक्त रूपमा लाग्न निर्देशन दिए। कार्यक्रमका प्रमुख अतिथि राजकाजी गुरुङ ले एतिहासिक कम्युनिस्ट सरकारले गरेका राम्राकामको जानकारी जनता समक्ष पुर्याउनु पर्ने र रबिन्द्र अधिकारीको सपना र पार्टीको घोषणापत्र अनुरुपको बिकासका पूर्बाधार सम्पन्न गर्न पार्टीका उमेद्वार बिध्या भट्टराई अधिकारीले यो चुनाव जित्नैपर्ने भनाई राखे। उक्त कार्यक्रममा स्वागत मन्तव्य कृष्ण लम्सालले गरेका थिए भने कार्यक्रम संचालन कृष्ण प्रसाद पोखरेलले गरेका थिए।

प्रतिक्रिया दिनुहोस