मन्त्रालयमा भन्दा बढी रंगशालामा छन सह-सचिव पुष्पराज शाही

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

नेपाल सरकारका सह सचिव पुष्पराज शाही हाल यूवा तथा खेलकुद मन्त्रालयको कर्मचारी प्रशासन शाखामा काजमा कार्यरत रहेका छन । नेपालमा आसन्न हुने साग गेमको लागि आवश्यक पूर्वाधार हाल सम्म पनि निर्माण हुन सकेको छैन । त्यसैले उक्त पुनःसंरचना र पुनः निर्माणको कार्यलाई गति दिन र अनुगमन गर्न कार्यालय समय सकेर तिनै सह सचिव पुष्पराज शाही त्रिपुरेश्वर रंगशालामा पुगेर राति सम्म बसेर निर्माण कार्यको अनुगमन गरिरहेको देखियो ।

कुनै पनि हालतमा निर्धारित समय भित्रै रंगशालाको निर्माण कार्य सम्पन्न गराएरै छाड्ने र निर्धारित समयमा नै साग गर्ने प्रतिबद्धता समेत जनाएका छन । उक्त अनुगमनको क्रममा यूवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा समेत रंगशालामै भेटिएका थिए । मन्त्री आफै निर्माणस्थलमा बसेर प्रत्येक्षरुपमा कामको निगरानि गरिरहेका छन । यूवा मन्त्रीले कार्यस्थलमै खटेर आफ्नो गतिशिल्तालाई सिद्ध गरेका छन । भने कार्यालय समय सकेपछि पनि रंगशालामा पुगेर त्यँहा भैईरहेको कामलाई नेपाल सरकारका सह सचिव पुष्पराज शाहीले सुक्ष्म तरिकाले हेर्ने गरेका छन उनले राति बिहान यहीँ धेरै समय दिएको बताए ।

२०७२ बैशाखमा गएको भुकम्प पछि बिग्रीएको रंगशालाको निर्माणको कार्यले हाल सम्म पनि गति लिन सकेको थिएन । विभिन्न सरकारको गठन र विगठन भए त्यसको प्रभाव समेत निर्माण कार्यमा परेको थियो । अन्ततः नेपालमा साग गराउनु पर्ने भएकोले रातदिन आफू खटिएको स-सचिव पुष्पराज शालीले बताए ।

प्रतिक्रिया दिनुहोस