बर्दिया प्रहरीको सक्रियतामा बलात्कारको आरोपमा एकजना पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • सागर थापा (क्राईमबिट)

कात्तिक २९, बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले बलात्कारको अभियोगमा घनश्याम चौहानलाई पक्राउ गरेकोछ । बर्दिया गुलरिया नगरपालिका वडा नम्बर ७, बस्ने अन्दाजी २४ वर्षिय घनश्यामलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउ गरेको हो ।

परिवर्तित नामथर संकेत नं.६६ (ब) ले दिएको जाहेरीअनुसार घनश्यामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए ।

बर्दियाका प्रहरी निरीक्षक ओलीका अनुसार पीडित र पीडक दुवैजना बर्दियाबासी हुन् । गुलरीयाका घनश्यामले १७ वर्षिय बालिकालाई गत कार्तिक १४ गते नेपालगन्ज नर्सिङहोम नजिक एक होटलमा लगि जबरजस्ती करणी गरेका थिए ।

परिवर्तित नामथर संकेत नं.६६ (ब) ले कार्तिक २६ गते जिल्ला प्रहरी कार्यालय बर्दियामा घनश्याम विरुद्ध जाहेरी दिएका थिए । जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय बर्दिका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको विशेष टोलीले पीडक घनश्यामलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी निरीक्षक ओलीका अनुसार पक्राउ परेका घनश्यामलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ । पीडित र पीडक बर्दियाबासी भएपनि घटना स्थल बाँके जिल्ला नेपालगन्ज भएकाले जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको हो ।

प्रहरी निरीक्षक वलीका अनुसार पीडित र पीडक बिस्तृत स्वास्थ्य परीक्षण समेत गरी सक्कलै मिशिल कागजात सहित पीडक धनश्याम चौहानलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको बर्दिया प्रहरी निरीक्षक वलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस