अझै नुनको सोझो गर्ने कि अब कालापानीको सुरक्षा गर्ने ? कसले गर्छ अब कालापानीको सुरक्षा ?

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ४ मिनेट
  • केबी गुरुङ

भारतको जम्मू कश्मीरको रक्षा गर्न केहि दिनअघि गोर्खा राइफल्समा कार्यरत नेपाली युवाहरु नायक सन्दिप थापा र नायक राजीव थापाको पाकिस्तानी सेनाको गोलि लागेर मृत्यु भयो । भारतीय सेनामा कार्यरत दुई नेपाली गोर्खा सैनिकहरूले कर्म भूमिको सिमा रक्षा गर्दा ज्यान गुमाए ।

सन्दीपको अगस्ट १७ र राजीवको अगस्ट २३ मा निधन भयो । दुवै जना जम्मू-कश्मीरको रजौँरी जिल्लास्थित नौवसेरा सेक्टरमा खटाइएको थियो। आफ्नो सिमा सुरक्षा गर्न भारतले संवेदनशील क्षेत्रमा नेपालीहरू रहेको गोर्खा राइफल्सलाई अग्रपङ्क्तिमा लड्न पठाउने गरेको छ । यसरि भारतको सिमा रक्षा गर्दा कैयौ नेपालीहरुले रगत दिएका छन् ।

तर यस्ता बहादुर सपुत जन्माउने देशले आफ्नो सिमा हराई रहेको छ । आश्चर्य त के भयो भने उता कर्म भुमि देशको सिमा रक्षा गर्दागर्दै, त्यहि कर्म भूमिले आफ्नो सिमा हरण गरिरहेको छ । यो भन्दा ठुलो पिडा कुन देशका नागरिकहरुले भोगे होलान र ? रोटिबेटी र सुरक्षा सम्बन्ध रहेको छिमेकी देशले नेपालको भूभाग काला’पानी, लिम्पिया’धुरा र लिपु’लेक खोसेर हेर्दा हेर्दै आफ्नो नक्सामा गाभ्यो ।

नेपालको सीमाक्षेत्रमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतले नक्सामा उतार्दा नेपालीहरु आफ्नो भुमि फिर्तागर्न सरकारलाई दबाब दिई रहेका छन् । देशव्यापी आन्दोलन भैरहेको छ तर आफ्नो भुमि हराउदा नेपाल सरकार भने निरिह देखिन्छ ।

बिडम्बना भनौ, लिम्पियाधुरा, कालापानी र लिपु’लेक नेपालको नक्सामा पनि समेटिएको रहेनछ । नेपाली सासकहरुले उहिले नै हाम्रो भुमि हराई सकेका रहेछन । ३३५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको लिम्पियाधुरा र ६२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको काला’पानी(लिपुलेकलाई नेपाली सासकहरुले अहिलेसम्म पनि किन आफ्नो नक्सामा उतारेनन रु यसरि हेर्दा राष्ट्रिय स्वाधिनता प्रति अन्तर्घात गर्ने नेपाली सासकहरुमाथि निकै गम्भीर प्रश्न उठेको छ ।

छिमेकी शासकले लुटिरहेको हाम्रो भुमि फिर्ता गराउछु भन्ने हाम्रो शासक पनि यतिबेला मौन छन । आफ्नै कारण सिमा हराउने गैर(नैतिकतालाई पकेटमा राखेर चुपचाप बसिरहेका छन । यसरि नेपालले सिमानामा पर्ने आफ्नो भू-भागहरु नक्सामा नसमेटेको अवसरलाई भारतले सदुपयोग गरेको प्रष्ट हुन्छ । त्यसकारण सिमा क्षेत्रमा हाम्रो भुमिहरु गुम्नु नेपाली शासकहरु आफै कारक तत्व हुन् ।

नापी विभागले तीन वर्षअघि लिम्पिया’धुरा, काला’पानी र लिपु’लेक सहितको नक्सा बनाइसकेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण नक्सासहितको प्रतिवेदन सरकारलाई बुझाए पनि उक्त नक्सा सार्वजनिक नगरी थन्क्याइएयो । लिम्पियाधुरामा तीनवटा गाउँ छन् । कुटी, नावी र गुन्जी, जुन ठाउँ अहिले नेपालको नक्सामा गायब छन्।

सुगौली सन्धिअघि नेपालको सिमाना पूर्वमा टिस्टा र पश्चिम काँगडासम्म थियो। सन्धिपछि नेपालको दुईतिहाइ भूमि गुमेको छ। सुगौली सन्धिमा कालीपारि नेपालले दाबी गर्ने छैन भन्ने उल्लेख छ। सुगौली सन्धिको बुँदा ५ मा ‘नेपालका श्री ५ महाराजाधिराज मौसुफ स्वयंका लागि, मौसुफका उत्तराधिकारी वा वारिसका लागि काली नदीको पश्चिममा पर्ने देशसित सम्बन्ध र सम्पूर्ण दाबी परित्याग गरिबक्सन्छ र ती देश वा तिनका बासिन्दासित कहिल्यै कुनै चासो मौसुफबाट राखिबक्सने छैन,’ उल्लेख छ।

अझै नुनको सोझो गर्ने कि ? अब देशको रक्षा गर्ने ?

रोजीरोटीका लागि लाखौ नेपालीहरु भारतमा रोजगाररत छन् । देशको धेरै प्रतिशत नेपालीहरु भारतको रोजगारमा निर्भर छ । भारत सरकारको सुरक्षा फौजमा सिङ्गै गोर्खाली फौज समेत छ । ६५ हजार भन्दा धेरै नेपालीहरु भारतीय सुरक्षा फौजमा कार्यरत छन् । भारतलाई आपत आइलाग्दा नेपाली जवानहरु काँध थप्ने गर्छन । पराइ देश भारतको लागि कयौ पटक नेपाली युवाहरुले रगत बगाएका छन् ।

अब गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ । कर्म भूमिले देशको सिमा गायब गरिरहदा अझै पनि नुनको सोझो गर्ने कि ? अब हराई रहेको कालापानी, लिपुलेक, लिम्पियाधुराको रक्षा गर्ने ? अब सोच्ने बेला आएको छ । बिशेषगरि भारतको सुरक्षार्थ नुनको सोझो गर्ने गोर्खा रेजिमेन्टमा कार्यरत नेपालीहरुले सोच्ने बेला आएको छ । कर्म भुमि ठुलो कि जन्म भुमि ठुलो रु मातृ भुमि ठुलो कि गुलामीको भुमि ठुलो रु यसो भन्दै गर्दा युद्दको लागि तयारि हुनुपर्छ भन्ने होइन । वाक स्वतन्त्रताको यो युगमा सत्य आवाजहरु काफी हुन्छन । सत्य बाणीहरु बर्तमान युगको अस्त्र बन्ने छन् ।

त्यसैले आफ्नै व्यवस्थाद्वारा बेचिन बिबस प्रत्यक नेपालीले छिमेकीले आफ्नो भुमि मिच्दा बोल्नु पर्छ । हाम्रो भुमी लुटिएको पिडामा जुट्नु पर्छ । भारतीय सुरक्षा फौजमा कार्यरत ६५ हजार भन्दा धेरै नेपालीहरुले अब देशको लागि सोच्नु पर्ने बेला आइसकेको छ । भारतको जम्मू-कश्मीरको रक्षा गर्न तम्सिने जवानहरु, आफ्नो मातृभुमि लिम्पियाधुरा, कालापानी र लिपुलेकको रक्षा गर्न जुट्नै पर्छ । नत्र पुर्खाको सराप अबस्य लाग्ने छ ।

लेखक पोष्टपाटी मिडिया प्रा.लि.अन्र्तगतको पोष्टपाटी डटकममा आवद्ध हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस