राष्ट्रिय युवा संघले तोक्यो जिल्ला संयोजक र सह-संयोजक (नामावलि सहित)

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २८, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको कात्तिक १६ गते बसेको कार्यदलको बैठकले देशभरका ७७ मध्ये ७५ जिल्लाका संयोजक र सहसंयोजकको नाम टुंगो लगाएको छ ।

साविक युवा संघको भागमा परेका लमजुङ र दैलेखमा भने विवादका कारण संयोजक तोकिएको छैन। यि दुई जिल्लाका संयोजक पछि तोकिने छ । संघले काठमाडौं संयोजकमा साविकको वाईसीएलका तर्फबाट शिशिर तामाङलाई तोकेको छ भने सह-संयोजकमा पेम्बा घलेलाई तोकेको छ ।

७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमाले निकट युवा संघले ४२ जिल्ला अध्यक्ष पाएको छ। त्यसैगरि माओवादी केन्द्रनिकट साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्लाको अध्यक्ष लिएको छ। त्यस्तै, वाईसीएलले ४२ जिल्लाको इञ्चार्ज र युवा संघले ३५ जिल्लाको इञ्चार्ज पाएको छ। युवा संघले कात्तिक ३० गते केन्द्रीय समितिको बैठक र मंसिर १ मा राष्ट्रिय भेला बोलाउने पनि निर्णय यसअघि नै गरिसकेको छ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस