पाँचथरमा टिपर दुर्घटना हुँदा नेपाली सेनाका जवानसहित दुई जनाको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

हिलिहाङकै सुभाङदेखि सडक निर्माणको काम गरेर कोरिडोरको ४ नम्बर क्याम्प अमरपुर फर्किदै गर्दा मंगलबार राति साढे ८ बजेतिर सालिङ्गे ठाउँमा करिब ५० मिटर तल टिपर खसेको हो । दुर्घटनामा मृत्यु हुनेमा रसुवा कन्सट्रक्सन प्रा.लि.को बा २ ग २९२० नम्बरको टिपर चालक धादिङ घर भएका करिब २६ वर्षीय विनोद तामाङ र कन्सट्रक्सनकै पूर्वकर्मचारी हिलिहाङ–१ अमरपुरका २२ वर्षीय भीम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका भीम भने हालै नेपाली सेनामा भर्ती भएका थिए । उनी यसअघि रसुवा कन्सट्रक्सनमै स्टोर किपरको रुपमा कार्यरत रहेको र बरबुझारत गरेर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस