इलामको सलकपुरमा केराको परिकार

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • गोबिन्द पौडेल, इलाम 

कातिक २६, इलाम । रोजगारी खोज्दै दैनिक हजारौ युवा बिदेशीरहेको बेलामा गाउमा नै सामान्य ब्यवसाय गरेर स्वरोजगार बन्ने थुप्रै संभावना देखिएको छ । हरेक दिन ठूलो काम र महत्वकाक्षी बिचार बोकेर युवाहरु भौतारी रहदा रोङ गाउपालिका वडा नं ६ सलकपुरका युवा याम अधिकारीले गाउमा नै केराको परिकार बनाएर बेच्न थालेका छन् ।

केराको परिकार बनाएर बेन्न थालेपछि सलकपुरमा पर्यटकहरुको चाप बढेको छ भने उनको ब्यपार पनि रामै चल्न थालेको छ । गत बर्ष मात्रै गाउपालिकाको सहयोगमा कैलालीको टीकापुरमा केराको परिकार बनाउने सात दिने तालिम लिएर फर्किएका अधिकारीले अहिले केराको परिकार बेच्न केरा कटेज नै खोलेका छन् । उनले खोलेको कटेजमा केराको एक दर्जन जति परिकार पाइने गरेको छ ।केराको जुस, ब्राण्डी, निम्की, चिप्स, बनना चिल्ली,मिटबल,समोसा केराको खिर लगायतको परिकार पाइन थालेपछि परिकार चाख्न आउनेहरुको संख्या दिनहु बढ्न थालेको छ ।

सस्तो ताजा र नया परिकार पाउन थालेपछि उनको कटेजमा दिनहु नया नया ग्राहकहरु आउन थालेको हो । हरेक आइतबार भारतिय पर्यटकहरुको भिड रहने सलकपुरमा अहिले प्राय सबै बारहरुमा आन्तरिक पर्यटकहरुको संख्या बढ्न थालेको छ । नजिकको गाजले र गुर्धुम डाडाबाट सूर्योदयको दुश्यावलोकन समेत देखिने भएको कारण सलकपुमा बास बस्दै आउने पर्यटकहरुको सुबिधाको लागि होमस्टेको ब्यवस्था रहेको होमस्टे संचालक लक्ष्मि मोक्तानले बताए ।

प्रतिक्रिया दिनुहोस