सुनिलस्मृतिमा प्रमुख प्रशासकीय अधिकृतको स्वागत

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक २५, रोल्पा । सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले सोमबार प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेलाई एक कार्यक्रमका विच स्वागत गरेको छ । गाउँपालिका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष वागमती क्षेत्रीनीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत पार्धेले भन्नुभयो म खरिदारबाट जागिर जिवन सुरुवात गर्दै अहिले यहाँ सम्म आइपुगेको छु लामो समय मन्त्रालयमा काम गर्ने अवसर प्राप्त भएको र अहिल मलाई आफ्नै गृह जिल्लासँग जोडिएको जिल्लामा काग गर्ने अवसर पाउदा मलाई अत्यन्तै खुसि लागेको छ मेरो वुवा पनि यहि जिल्लामा शिक्षण पेशा अंगाल्नुभएको र मेरो पनि यो जिल्लासँग भावनात्मक सम्बन्ध भएको हुँदा यहाँ आउन इच्छुक भएको हुँ पार्धेले भन्नुभयो । उहाँले भन्नुभयो म यस गाउँपालिकामा आउनका लागि सवैले सक्दो सहयोग गर्नुभयो मेरो लागि खुसिको कुरा हो मलाई स्वागत भन्दा विदाइ मन पर्छ विदाइ भव्यताका साथ गर्नका लागि मैले मेरो क्षेत्रबाट गर्नुपर्ने गर्नेछु र तपाइहरुको साथ र सहयोगको समेत अपेक्षा गरेको छु । यो गाउँपालिकालाई कसरी हुन्छ सवै भन्दा माथि पु¥याउन हामि एक जुट भएरै अगाडि बढ्नु पर्छ प्रमुख प्रशासकिय अधिकृत पार्धेले बताउनुभयो ।

स्वागत कार्यक्रममा बोल्दै गाउँपालिका कार्यवाहक अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष बागमति क्षेत्रीनीले विगतलाई सम्झदै र अव गरिने कुराहरुको समेत प्रमुख प्रशासकिय अधिकृतलाई जानकारी गराउनुभयो । उहाँले भन्नुभयो ”हामि जसरीपनि यस गाउँपालिकालाई अव्वल बनाउनुपर्छ भन्ने उद्देश्यले लागि रहेका छौ । ” प्रमुख प्रशासकीय अधिकृतको जोस जागरले हामि पक्कैपनि हामिले लिएको लक्ष्यमा अवश्यक पुग्ने छौ त्यसैगरिनै आजैबाट हामि अगाडि बढ्नुपर्छ उपाध्यक्ष क्षेत्रीनीले बताउनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य तुलसी सुनार, सुवर्णराज श्रेष्ठ, मेघ बहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नायव सुव्वा केशर बहादुर विष्टले गर्नुभएको अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाज खबर24नेपाल डटकमलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस