बाजुरामा एक शिक्षक बसमा मृत अवस्थामा फेला

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • धर्म सुनार, बाजुरा

कार्तिक २२ बाजुरा । बाजुराको स्वामिकार्तिक गाउँपालिका–१ रुडीमा रहेको रुपाली आधारभूत विद्यालयमा कार्यरत एक शिक्षक बसमा मृत अवस्थामा फेला पारेका छन् । जिल्लाको हिमाली गाउँपालिका वडा नं. ७ बाधु घर भएका ५० बर्षीया दलबहादुर शाही बसमा मृत अवस्थामा फेलापारेको जिल्लाप्रहरी कार्यालय बाजुराले बताएको हो ।

बाजुराका लागी धनगढीबाट छुटेको ना.६ ख १७९२ नम्बरको बसमा बिहीवार विहान शाहीलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जानाएको छ । शाहीको के कति कारणले मृत्यृ भएको हो भन्ने बारे भने केहीखुल्न नसकेको बताईएको छ । अछामको चौखुट्टमा यात्रु सकुशल रहेको र बाजुराको बुढीगंगा नगरपालिका–८ मा रहेको रिठाबजार आउँदा मृत्यु भएको अवस्थामा भेटिएको बस चालक कृष्णविष्टले भने बताएकाछन् ।

चौखुट्टेमा चियाखान बस रोकिएको समयमा सकुशलभएपनि रिठाबजार आइपुगेपछि मात्र मृत्यु भएको थाहा पाइएको गाडी चालक विष्टको भनाई छ । मृतकको लास विहीबारनै पोस्टमाटम गरि आफन्तले बुझिसकेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस