सूर्यलाई हत्केलाले छेक्न नसक्ने सांसद बस्नेतको उद्घोष

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक २१, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी निर्वाचनमा नेकपाको चुनाव चिन्ह सूर्यमय भई अघि बढेको बताउँदै घाम लागेको सूर्यलाई अन्य कुनै हत्केला जस्ता पार्टीले छेक्न नसक्ने ठोकुवा गर्नुभएको छ ।

भक्तपुर क्षेत्र नं. १ (क)मा नेकपाका तर्फबाट उम्मेदवार बन्नुभएका देवी प्रसाद ढकाल (डिपी)को निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गर्ने क्रममा भएको र्यालीलाई सम्बोधन गर्दै सांसद बस्नेतले स्व. हरिशरण लामिछानेको सपना साकार पार्ने उम्मेदवार ढकाल रहेको उल्लेख गर्नुभयो । प्रतिस्पर्धी ढकालको छेउमा निकै हलुको रहेको बताउँदै उहाँले भक्तपुरको समृद्धिको सहयोत्रीको रुपमा ढकाललाई पार्टीले उम्मेदवारी बनाएको स्पष्ट पार्नुभयो ।

ढकालले विश्व अर्थतन्त्र तथा नेपालको अर्थतन्त्रको वारेमा स्वलम्बन अर्थतन्त्र विकासको निम्ती अर्थशास्त्रिय विस्लेषण सहितको पुस्तक समेत ढकालले लेखिसक्नु भएको जानकारी गराउँदै उहाँले ढकाल भक्तपुरको लागि नेकपाको उम्मेदवार मात्र नभई बौद्धिक व्यक्ति भएको समेत उल्लेख गर्नुभयो । विरोध गर्ने हैन विकास गर्ने जनप्रतिनिधि आवश्यक रहेको उल्लेख गर्दै सांसद बस्नेतले पछिल्लो सिटमा वसेर विरोध गर्ने पार्टीलाई जनताले विजयी नगराउनेमा ढुक्क रहेको विचार व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेकपा विकास र समृद्धिको सहयात्री हो । अरुले वीस वर्षमा गरेको विकास नेकपाको नेतृत्वले दुई वर्षमा गरेको छ । यो बोलेको मात्र हैन जनताले भक्तपुरमा प्रत्यक्ष रुपमा देख्नुभएको छ, भोग्नुभएको छ ।’ पछिल्लो समय केही मिडियाहरुमा भक्तपुरमा नेकपाको तिव्र विकाद भन्ने समाचार प्रकाशन गरी जनतामा भ्रम झर्ने प्रयास भइरहेको बताउँदै उक्त भ्रमलाई चिर्ने आजको र्यालीले नै अन्त्य गरिदिएको स्पष्ट पार्नुभयो ।

झुटको खेती लामो समयसम्म नटिक्ने उल्लेख गर्दै नेकपा कार्यालय भक्तपुरमा लागेको ताला अनावश्यक रुपमा मिडियावाजी गरी भ्रम मात्र फैलाईएको बताउनुभयो । विभिन्न पार्टीले भ्रमको खेती गर्ने भएकाले त्यसको वारेमा सचेत भई व्यापक मात्रामा भ्रमको विरुद्धमा जनचेता अभिवृद्धि भई अघि बढ्नुपर्ने बताउँदै उहाँले नेकपा सवैभन्दा व्यवस्थित र संगठित पार्टी भएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस