गुलरियामा घर भत्काउदा एक जनाको मृत्यु दुई जना घाइते

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

कार्तिक २१, बर्दिया । बर्दियाको गुलरिया नगरपालिकाको निर्माणाधिन हुलाकी सडकमा पर्ने घर भत्काउँदा घरले च्यापिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

गुलरिया नगरपालिका वडा नं ५ अन्तर्गत पर्ने दुर्गा गेष्ट हाउसका सञ्चालक भवि प्रसाद पा‌ैडेलको आफ्नै घर भत्काउने क्रममा झ्याल खस्दा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए ।

वलीका अनुसार घरको दोस्रो तलाको झ्याल अचानक खस्दा घरधनी पौडेलको मृत्यु भएको र अन्य ज्याला मज्दुरी गर्ने दुई जना जनकराम थारू र नवराज चौधरी घाईते भएको र हाल उनिहरुको उपचार भइरहेको प्रहरी निरीक्षक वलीले बताए ।

प्रतिक्रिया दिनुहोस