बाँकेमा एक युवकको शवं फेला तालिम प्राप्त कुकुर सहित प्रहरीको अनुसन्धान जारी

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा/महेन्द्र सिंह

कात्तिक २०, बाँके । बाँकेको नेपालगञ्जमा एक पुरुषको शवं फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नजिक सडक छेउमा शवं फेला परेको हो ।

नेपालगञ्ज गुलरिया सडक खण्डमा पर्ने जानकी गाउँपालिका ३ को खजुरा रोडमा सुर्खेतका सत्येन्द्र बिसिको शवं फेला परेको बाँके प्रहरीले जनाएको छ । उनको हत्या वा दुर्घटनाको कारणले मृत्यु भएको हो भन्ने बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी शिव सिंहले जानकारी दिए । शवंलाई प्रहरीले पोस्टमार्टमको लागि भेरी अस्पताल पठाएको छ ।

थप अनुसन्धानको लागि तालिम प्राप्त कुकुरहरु सहित खोजी कार्य जारी रहेको प्रबक्ता डिएसपी सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस