भ्यान दुर्घटना हुँदा ३ जनाको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २०,अर्घाखाँची । अर्घाखाँचीको नरपानीमा यात्रुवाहक भ्यान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

बुटवलबाट सन्धिखर्कतर्फ जाँदै गरेको बा १७ च ६९१७ नम्बरको भ्यान सन्धिखर्क नगरपालिका–६ नगरपानीमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा रुपेन्देहीको सैनामैना घर भएकी ७० वर्षीय दूर्गादेवी खड्का, ४३ वर्षका भक्त बहादुर खड्का र ४० वर्षका तीलक खड्का छन् ।

दुर्घटनामा अन्य २ जना घाइते भएका प्रहरी चौकी नरपानीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस