यसो भन्छन् रौतहट विस्फोटका साक्षी

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ७ मिनेट

कार्तिक २०, काठमाडौं । रौतहट विस्फोट घटनाका प्रत्यक्षदर्शीले कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमकै योजनामा घाइतेहरूलाई इँटाभट्टामा हालेको बयान दिएका छन् । घाइतेहरूलाई बोरामा हालेर त्यसको मुख थुनिएको र बोरा इँटाभट्टाभित्र राखिएको प्रत्यक्षदर्शीहरूले प्रहरीसँगको बयानमा भनेका छन् ।

साक्षी १
बम विस्फोटबारे गाउालेबाट गाइागुइा सुनेको थिएा । घटनाको भोलिपल्ट इाटाभट्टा पुगेका बेला भाइलाई सोधें । उसले चुपचाप काम गर्ने, अरु कुरा हाम्रो चासोको विषय होइन भनेर जवाफ दियो । भाइसागै बद्री सहनी, मुक्ति साह र कृष्ण मुखिया थिए । उनीहरुले मुखामुख गरे तर केही बोलेनन् । इाटा बोकेर म्यान ९इँटा पोल्ने ठाउँ० नजिक पुग्दा अस्वाभाविक रुपमा गहुाको भुसा छरपस्ट देखें । त्यसपछि फेरि भाइलाई सोधें । उसले अचानक विस्फोट हुादा ठूलो मानवीय क्षति भएको बतायो । त्यसमा केही मानिसको मृत्यु र केही सख्त घाइते भएको पनि सुनायो । घाइते भएकालाई राति ट्र्याक्टरमा लोड गरी आफताब आलम, महताब आलम, शेख भदई, मोबिन आलम, शेख सेराजलगायतले इाटा पकाउने भुङ्ग्रोमा हालेका थिए रे ।

साक्षी २
बद्री सहनी आलमका छिमेकीको राजा इाटाभट्टामा काम गर्ने हेड मिस्त्री हुन् । उनी प्रायः रातको समयमा इाटाभट्टामा ड्युटीमा रहन्थे । विस्फोटपछि आलमका दाजुभाइले बद्रीलाई बोलाएर घाइते र मृतकलाई भट्टामा जलाउन सहयोग गर्न आग्रह गरेका थिए ।

साक्षी ३
म मस्त निद्रामा थिएा । ट्र्याक्टरको आवाज र मानिसको खैलाबैलाले मध्यरातमा ब्युाझिएा । उठेर हेर्दा मसागै काम गर्ने मिस्त्रीसहित आलमको डफ्फा देखें । ट्र्याक्टरमा जुटको बोरा देखें । आलमको टोलीले मलाई ठूलो स्वरमा गाली गर्दै भाग् भन्यो । बोराभित्र रहेका मानिसलाई पालैपालो निकाल्दै इाटा पोल्ने भुङ्ग्रोमा हालिएको थियो । केही बोराको पोको चलमलाएको देखिन्थ्यो । करिब ३ घण्टापछि सबै जना गाउा फर्के ।

साक्षी ४
आलम दलबलसहित मेरो घरमा आएका थिए । उनीहरुले विस्फोट भएको घर मर्मत गरी पहिलेको जस्तै बनाइदिन भने । मैले नमानेपछि ‘परिवार नै सिध्याइदिने’ धम्की दिए । त्यसपछि एक भारतीय नागरिकको सहयोगमा इद्रिसको घरगोठ मर्मत गरिदिएा । त्यहाा गाईबस्तुले खाने भुस राख्यौं । पुराना घरबाट माकुराको जालो ल्याएर छानोमा लगायौं ।

घाइते
मेरा कान, घााटी र छातीमा छर्रा लागेको थियो । अरु घाइतेलाई मार्न थालेपछि ज्यान जोगाउन म सकिनसकी भाग्दाभाग्दै बेहोस भएछु । होस आउादा भारत सीतामढी सदर अस्पतालमा थिएा । त्यतिबेला मेरो पिसाब नली, नाक, मलद्वारमा पाइप लगाइएको थियो । अनुहार, घााटी, छातीमा पट्टी बााधिएको थियो ।

आलमको त्रासका कारण यसअघिको अनुसन्धानमा खुल्न नसकेका प्रत्यक्षदर्शी र साक्षीले सिलसिलेवार रूपमा घटनाबारे जानकारी गराएका हुन् । स्थानीय प्रहरी कार्यालयका तत्कालीन प्रमुखसम्मले घटना भएको बयान गरेका छन् । घटनामा परेका घाइते, मृतकलाई जिउँदै इँटाभट्टामा हाल्दाका प्रत्यक्षदर्शी र आलमका काका शेख इद्रिसको क्षतिग्रस्त घरगोठ मर्मत गर्ने कामदारलाई सरकारी वकिलको कार्यालयले साक्षीका रूपमा पेस गरेको छ । घटना लुकाउन क्षतिग्रस्त घर मर्मत गरिएको, घाइतेलाई ज्युँदै आगोमा हालिएको र मृतकको शव नष्ट गरिएको व्यहोराको प्रमाण प्रहरीले जुटाएको हो ।

जिल्ला अदालत रौतहटबाट कान्तिपुरलाई प्राप्त मिसिलको प्रतिलिपिअनुसार त्यतिबेला इँटाभट्टामा काम गरेका पहिलो साक्षी ९सुरक्षाका कारण सबैको नाम गोप्य राखिएको० ले घटनाको भोलिपल्ट इँटाभट्टा गएको स्विकारेका
छन् । उनले बम विस्फोट भएकोबारे गाइँगुइँ सुनेकाले उद्योगमा पुगेर भाइलाई घटनाबारे सोधेका थिए । उनले भाइबाट ‘चुपचाप काम गर्ने, अरू कुरा हाम्रो चासोको विषय होइन’ भन्ने जवाफ पाए ।

उनको भाइको साथमा रहेका बद्री सहनी, मुक्ति साह र कृष्ण मुखियाले मुखामुख गरेका थिए तर केही बोलेनन् । प्रहरीले सहनी र साहमाथि ज्युँदा मान्छेलाई बोरामा पोको पारेर भट्टामा हालेको आरोपसमेत लगाएको छ ।

पहिलो साक्षीको बयानअनुसार इँटा बोकी म्यान ९इँटा पोल्ने ठाउँ० नजिक पुग्दा अस्वाभाविक रूपमा गहुँको भुसा छरपस्ट देखेपछि उनले फेरि भाइलाई जिज्ञासा राखेका थिए । जवाफमा भाइले घटनाको अवस्था बताउँदै अचानक विस्फोट हुँदा ठूलो मानवीय क्षति भएको बताएका थिए । उनका अनुसार केही मानिसको मृत्यु भएको थियो भने केही सख्त घाइते थिए । घाइते भएकालाई २७ गते राति ट्र्याक्टरमा लोड गरी आलम, महताब आलम, शेख भदई, मोबिन आलम, शेख सेराजलगायत हिन्दी भाषा बोल्ने नचिनिएका अन्य ३र४ जनासमेतले इँटा पकाउने भुङ्ग्रोमा जिउँदै पालैपालो हालेका थिए । ती साक्षीले करिब दुई साताअघि मात्रै प्रहरीलाई थप विवरण बुझाएका हुन् । त्रासका कारण उनी प्रहरी संरक्षणमा छन् ।

बद्री सहनी आलमका छिमेकीको राजा इँटाभट्टामा काम गर्ने हेड मिस्त्री हुन् । उनी प्रायः रातको समयमा इँटाभट्टामा ड्युटीमा रहन्थे । विस्फोटपछि आलमका दाजुभाइले बद्रीलाई बोलाएर घाइते र मृतकलाई भट्टामा जलाउन सहयोग गर्न आग्रह गरेका थिए । रातको साढे १२ देखि १ बजेको अवधिमा उनीहरूलाई इँटाभट्टामा पोलिएको अनुसन्धानबाट खुलेको छ । दोस्रो साक्षीले बद्रीलाई समेत घटनामा संलग्न भएको भनी बयान दिएका छन् ।

इँटाभट्टामै काम गर्ने तेस्रो साक्षी घटना भएको रात मस्त निद्रामा थिए । मध्यरातमा ट्र्याक्टरको आवाज र मानिसको खैलाबैलाले उनी जागे । उठेर हेर्दा सँगै काम गर्ने मिस्त्रीसहित आलमको डफ्फा देखे । उनले ट्र्याक्टरमा जुटको बोरा ल्याएको देखेको र आलमको टोलीले आफूलाई ठूलो स्वरमा गाली गरेर भाग्न आदेश दिएको बताएका छन् । उनका अनुसार बोरामा ल्याइएका मानिसलाई पालैपालो निकाल्दै इँटा पोल्ने भुङ्ग्रोमा हालिएको थियो । ‘बोराको पोको चलमलाएको देखिन्थ्यो,’ उनले भनेका छन् । करिब ३ घण्टापछि सबै जना गाउँ फर्केका थिए । इन्सेकको प्रतिवेदनमा अर्का एक प्रत्यक्षदर्शीको भनाइ समावेश छ । उनको बयानबाट पनि घटनाको सिलसिला मिलेको देखिन्छ । अर्का साक्षी ओहिद मियाँका अनुसार घटना भएको दिन बिहान ६ बजे उनी आफ्नो गाउँको मस्जिदको चौतारामा बसिरहेका थिए । उनले आलमले मोटरसाइकल चलाएको, बीचमा ओसी अख्तर बसेको र पछाडि शेख सराज बसी नजिकैबाट पश्चिम लागेको बताएका थिए ।

प्रहरीले जुटाएको चौथो साक्षीले पूर्वमन्त्री शेख इद्रिसको भत्किएको घरगोठ मर्मत गरेका थिए, जसमा बम विस्फोट भएको थियो । उनका अनुसार १५र१६ जना घाइतेमध्ये केहीको कान थिएन भने केहीको टाउको क्षतविक्षत थियो । केहीको हातखुट्टामा गम्भीर चोट थियो । घटना गुपचुप बनाएको करिब एक सातापछि आलम दलबलसहित चौथो साक्षीको घर पुगेका थिए । उनीहरूले विस्फोट भएको घर मर्मत गरी पहिलेको जस्तै बनाइदिन उनलाई आग्रह गरेका थिए । उनले नमानेपछि ‘परिवार नै सिध्याइदिने’ धम्की दिए । त्यसपछि चौथो साक्षीले अर्का एक भारतीय नागरिकको सहयोगमा इद्रिसको घरगोठ मर्मत गरिदिए । उनले बयानमा भनेका छन्, ‘भत्किएको घरगोठ मर्मत गरी गाईबस्तुले खाने भुस राखेर त्यसपछि अन्य पुराना घरबाट माकुराको जालो ल्याई छानोमा जालो लगाई घटनास्थल परिवर्तन गरेरगराएको हुँ ।’

मानव अधिकार आयोगको प्रतिवेदनमा भनिएको छ, ‘घटनापछि गाईगोठमा पूर्वतिर नयाँ गारो लगाएको देखियो । घरको छानामा नयाँ र पुरानो खबटाले फेरि मर्मत गरेकाले गाह्रो र दिवाल चर्केको थियो । विस्फोटस्थलको जमिनमा भुस राखिएको छ ।’ आयोगले घटनास्थलसहित १० वटा घर हेर्दा प्रमाण नष्ट गरिएकाले विस्फोट भएका कुनै लक्षण, चिह्न र प्रमाण प्राप्त हुन नसकेको जनाएको थियो ।

घटनास्थलको अवलोकन गरेको मानव अधिकार आयोगको टोलीले जिल्लाका प्रशासन र सुरक्षा निकायका प्रतिनिधिसँग छलफल गरेको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारी, सशस्त्र प्रहरीका रौतहट उपरीक्षक रामकृष्ण लामा, प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहितको टोलीले विस्फोटको आवाज नजिकबाट सुनेको थियो । विस्फोट नभएको भए त्यही दिन राति फायरिङ जुलुस निकाल्ने योजना रहेको र त्यसका लागि करिब ५० वटा मोटरसाइकल तम्तयार अवस्थामा रहेको खुल्यो । आलमले मतदानस्थल वरपर विस्फोट गराई नतिजा आफ्नो पक्षमा पार्ने योजना बनाएका थिए । तर अचानक विस्फोट भएपछि उनी प्रमाण लुकाउन सक्रिय भए । घटनास्थलमा कोही जान पाएन । घटनास्थलमा प्रहरी परिचालन गरियो । आयोगको टोलीलाई सशस्त्रले दिएको प्रतिक्रियामा भनिएको थियो, ‘रातभर गाउँ सर्च गर्दा पनि घटनास्थलमा कुनै प्रमाण फेला पार्न सकिएन ।’ तर घटना लुकाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका स्थानीय अधिकृतहरू एकमत रहेको पाइएको छ ।

घटनाका एक घाइते ९जसलाई पाँचौं साक्षी भनिएको छ० को स्वास्थ्य जाँच प्रतिवेदनले उनी विस्फोटबाट घाइते भएको पुष्टि गरेको छ । त्यही समय भारतको मोतिहारीस्थित अस्पतालमा उपचार गरेको अर्को प्रमाणसमेत छ ।

अर्का एक घाइतेलाई पनि जिउँदै जलाउन तयारी अवस्थामा राखिएको थियो । उनले भागेर ज्यान जोगाए र पछि उनको उपचार भयो । अर्का घाइतेको भनाइमा विस्फोटबाट उनका दुवै कान, घाँटी र छातीमा बमको छर्रा लागेको थियो । अरू घाइतेलाई ज्युँदै मार्न थालेपछि ज्यान जोगाउन उनी सकिनसकी भागेका थिए । केही पर पुगेपछि उनी बेहोस भए । होस आउँदा भारत विहारको सीतामढी सदर अस्पतालमा आफूलाई पाएको उनले बताएका छन् । उनले भनेका छन्, ‘मेरो पिसाब नली, नाक, मलद्वारमा पाइप लगाइएको थियो । अनुहार, घाँटी, छातीमा पट्टी बाँधिएको थियो ।’

प्रहरीले करिब साढे २ सय जनाको बयान, प्राप्त प्रमाण र अनुसन्धानका क्रममा तयार भएको मिसिलको विवरण जिल्ला अदालतमा बुझाएको छ । करिब आठ सय पृष्ठभन्दा लामो आरोपपत्रसहितको प्रतिवेदनमा आलमले ‘पोलिग्राफ’ परीक्षणमा सामेल हुन इन्कार गरेको उल्लेख छ । जिल्ला अदालत रौतहटमा आलम लगायतको बयान सोमबार सुरु भइसकेको छ । बयानपछि आलमको ‘थुनेछक बहस’ हुनेछ । यो समाचार आजको कान्तिपुर दैनिकका लागि कृष्ण ज्ञवाली र शिव पुरी

ले तयार पारेका हुन ।

प्रतिक्रिया दिनुहोस