मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • बिमल भट्टराई, परासी जिल्ला समाचारदाता

कात्तिक १९, परासी । नवलपरासीको सरावल गाउँपालिका वडा नं.- ३ जनकपुरमा सोमबार राति ८ बजे मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

भुतहा महेशपुर सडकखण्ड अन्तर्गत उतरबाट पिपरा बाट दक्षिण सरावल आउदै गरेको युपि ७९ यश ६३२४ नम्बरको इन्डियन मोटरसाइकल तिब्र गति भएको कारण जनकपुरमा अनियन्त्रित हुदा पुलमा ठोकि दुर्घटनामा गम्भीर घाइते परेको ईलाका प्रहरी कार्यालय गोबरहियाले जनाएको छ ।

गम्भीर घाइते सरावल गाउँपालिका वडा नं।३ सरावल निवासी बर्ष २७ का निरज चौधरीको उपचारको क्रममा देबदह मेडिकल कलेज लग्ने क्रममा बाटोमा मृत्यु भएको हो। मृतकको शव जिल्ला स्थित पृथ्वीचन्द्र अस्पताल परासीमा पोष्टमार्टमको लागि राखिएको थियो । पोष्टमार्टम पश्चताप मृतलाई त्रिबेणिमा दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस