इलामको पाथीभरा धार्मीक पर्यटकको आकषर्ण बढ्दै

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ८ मिनेट
  • गोबिन्द पौडेल, इलाम ।

कात्तिक १९, इलाम । ईलामको रोङ गाँउपालिका ३ मा रहेको धार्मीक तथा पर्यटकिय स्थल पाथीभरा इलामको मात्र हैन नेपालकै गहना हो । नेपाल, भारत लगायत तेस्रो मुलुकबाट आउने पर्यटकको समेत रोजाईमा छ पाथिभरा ।

उसो त नाम नसुनेका र नपुगेका मानिसहरु थोरै मात्र होलान् । कति भक्तजन मनोकाङक्ष पुरा गर्ने आशामा आउने गरेका छन् भने कति प्राकृतिक सुन्दर अनुपम दृश्यावलोकन गर्न आउने क्रम हरेक बर्ष बढी रहेको छ । मनोकाक्षा पुरा गराउने आशा राखेर आउने गरेको भएपनि पाथीभरा नेपालकै प्रमुख धार्मीक गन्तब्य, इलामको चिनारी र रोङको मुटु बनेको छ । पाथीभरा देबीको स्थापनाको बारेमा थोरैलाई मात्र थाहा होला ।

कसरी उत्पती भइन् त सानी पाथीभरा
पहिले पाथीभरा रहेको डाँडालाइ थामडाडो भनिन्थ्यो । यहाँ घनाजंगल गाई चराउने खर्क थियो । सामान्यतया मानिसहरु थाम डाँडो सम्म पुग्दैन थिए । २०३४ सालको ऋषि तर्पणी पुर्णिमाको दिन झापा बुधबारेको धामी डिल्लीराम पाठकको घरमा घमासान गुरुपुजामा चिन्ता थियो । गुरुपूजामा धामी पाठक नाचीरहेका थिए । यतिकैमा दुइबटा सिहँहरु आएर पाठकलाई च्यापेर हिडे र सिँहहरुले पाठकलाइ उक्त थामडाँडामा ल्याएर छाडिदिएको इतिहास भेटिएको छ । त्यहाँ त्रिशुल र दियो बलिरहेको थियो । उनीलाई पुन राती नै घरमा सिँहहरुले नै पुर्याए र उनले भने मैले देबी उतारेर आए ।

त्यसको पर्सि पल्ट पाठकले उतारेको देबी देखाउन भनेर आए तर उनी भालुझोडाबाट पात्ले डाँडा तिर लागेछन् । केही भेटेनन् रुखमा चढेर हेरे पत्ता लगाउन सकेनन् दिनभर खोज्दा पनि पत्ता नलागेपछि बेलुका भालुझोडा गएर बास बसेर सबै कुरा सुनाए ।

उबेला मात्र थाहा भयो पात्ले डाँडा र थामडाँडा अलग रहेछ । भोलीपल्ट उनी थामडाँडामा पुगे उनले देखेको त्रिशुल, घण्टा र शिला त्यहि थियो । लगातार तीन दिनसम्म पुजा गरे यहि स्थान अहिले पाथीभराको मन्दिर रहेको किबदन्ती रहेको स्थानिय बुढापाकाहरुको भनाइ रहेको छ । पछि २०४० सालमा मेची रार्जमार्ग बनाउन गौरा कन्टक्सन आएपछि स्थानिय बासीहरुको सहयोगमा मन्दिर वरपर पर्खाल लगाएर बिधिवत पूजा गर्न थालिएको हो । पहिला मन्दिरमा वलिपुजा दिने चलन थियो । (श्रोत स्थानिय बृद्धाहरु ७२ बर्षिय गँगाप्रसाद बास्कोटा ,७३ बर्षिय अमर भुजेल र ६५ बर्षिय टिकाबहादुर राउत हुन ।)

पहिला थामडाँडामा रहेको देबीको कुनै चर्चा थिएन बरु सातकन्या देबीको (अहिलेको हाँसपोखरीको देवी) भने स्थानिय बासीहरुले निक्कै महिमा थियो । देबीथानमा दुध कुण्ड चडाइथ्यो । देबीथान नजिकै पोखरी थियो । जहाँ एउटा पात खसेपनि चराले टिपेर सफा गर्ने गथ्यो , पोखरीमा हाँसहरु थिए । हाँस भएको र हाँसहरु खेलीरहेने भएको कारण त्यसलाई हासपोखरी भनिन्थ्यो । त्यसको केहीतल चिन्डेपानी देखी चामेटार सम्म अर्को लामो पोखरी थियो जसलाइ लामपोखरी भनिन्थ्यो । २०३२ सालतिर मेची राजमार्ग निमाण गर्दा ब्रिटिस कम्पनीले मन्दिरमा रहेको शिला र ढुङ्गा उखेलेर फ्याकिदिइएको थाहा पाइयो । त्यसपछि कुनै गाडी चलेन र चल्न पनि सकेन । पछि स्थानिय बासीहरुसँगको परामर्स अनुसार देबिस्थान रहेको शिलालाइ (अहिलेको हाँसपोखरी मन्दिर) बाटोमाथी सारेर पूजाआज गरियो र अवस्था सहज भयो । पोखरीमा दुध चढाइन्र्यो तर उनीहरुले खसी काटेर वली पूजा गरे परिमाण स्वरुप पोखरी लामपोखरी भएतिर पढ्किएर गयो जसको कारण लामपोखरीलाई समेत बगाएर लग्यो अहिले लामपोखरीको अवशेष मात्र रहेको छ । हाँसपोखरी पुरै पुरियो जसको नमुनाको रुपमा अहिले पोखरी बनाइएको छ ।

कसरी संस्थागत भयो पाथीभरा समिति
आस्थाको धरोहर बनेर प्रसिद्ध पाथीभरा देबीका मन्दिर बिकासको कार्यले तिब्रता पायो । मानिसहरुको आवात जावत बढ्दै गएपछि कुटीडाँडामा ब्यापार ब्यवसायको पनि शुरुवात भयो ।

भौतिक पूर्वाधारमा सडकको स्तरउन्नती र देवीको महिमाको चर्चा बढ्न थालेपछि २०४० ( २०४२ सालतिर स्थानिय बिष्ण ुबरालको अध्यक्षतामा पाथीभरा मन्दिर बिकास समिति गठन गरि काम थालियो । पुजा पाठ, संरचना निमार्ण र ब्यवस्थापनको कार्यहरुलाई समितिले ब्यवस्थापन गर्न थाल्यो । करिव सात बर्ष आफ्नो अध्यक्षतामा काम गरेपछि लोक बहादुर गुरुङ, इन्द्रलाल निरौला, नेत्रबहादुर राई हुदै अहिलेको अध्यक्ष दौलत कुमार राई रहेको संस्थापक अध्यक्ष समेत रहेका बिष्णु कुमार बरालले बताए ।

कस्तो छ त वर्तमान पाथीभराको अवस्था ?
करिव २०४० सालदेखी संस्थागत बन्दै गरेको पाथीभरा समिति अहिलेसम्म आइपुग्दा लोकतान्त्रिक पद्धतिको आधारमा संस्थागत भइसकेको छ । अहिले भौतिक पुर्वाधारको बिकास, ब्यवस्थापन र दान ,भेटीसंकलन ब्यवस्थित रुपमा गरिने गरेको छ । वर्तमानमा आइपुग्दा रोङ गाउपालिकले पाथीभरा क्षेत्र बिकास कोष समितिले गुरुयोजना निमार्ण गरि बिकास र ब्यवस्थानमा लागेको छ ।
पाथीभराको क्षेत्र निर्धारण, दान र भेटीको ब्यवस्था ,पूर्वाधार बिकास समेत सोही योजना अनुसार गर्ने र गराउने कुरा योजनामा रहेको छ । अहिलेपनि पाथीभरा क्षेत्र बिकास कोष समितिले भक्तजनहरुबाट प्राप्त हुने दान संकलन रसिद मार्फत र मुर्ति र शिलामा चढाएका भेटी र सामानहरुको संकलन र ब्यवस्थापन गर्ने गरेको छ ।

पुजारीहरुको पारिश्रमीक भक्तजनलेहरुले टिका लगाएर दिएको दक्षिणा मात्र हुने ब्यवस्था छ । दैनिक १ लाख २० हजारसम्म आम्दानी हुने गरेको र अहिले समितिको रोहबरमा ३ तोला सुन र ४ देखी ५ किलो जति चादी रहेको समितिका सचिव दिलीप राईले बताउछन् । अहिले गाउँपालिका र समिति मिलेर दाताहरुबाट भएको सहयोग र भक्तजनबाट संकलन भएको रकमबाट भौतिक संरचनाहरुको निमार्ण गर्ने काम गरिरहेको छ ।

समितिको पहलमा रोङ ३ को कुटीडाडामा १ करोड १५ लाखको लागतमा सुबिधा सम्पन्न अतिथि सदनको निमार्ण गरिएको छ । जसले गर्दा बास बस्दै आउने असक्त र टाढाका भक्तजनहरु र अन्य इलाम आउने पर्यटकलाइ समेत सहज भएको छ । ५० जनासम्मलाई बास बसाउने र २ सय जना सहभागी भएर सभा ,समारोह गर्न सकिने हल रहेको अतिथि सदनमा एक कोटाको १ हजार लिइने गरिएको छ । कमन रुमको प्रतिब्याक्ति १ सय लिएर बास बसाउने गरिएको सचिव दिलीप राईले बताउछन् । हलको प्रयोग गरेबाफत १ हजार ५ सय शुल्क निर्धारण गरिएको राईले बताए ।

मन्दिर परिसरमा ५० जनाले निशुल्क ब्यापार गदै आएका छन् । उनीहरुको सामान भण्डारण स्थलको लागि बार्षीक ६० हजार शुल्क लिने समितिले निर्णय गरेको छ । जिल्ला प्रसासन कार्यालय इलाममा दर्ता नं २५८ मा दर्ता भएको २ सय १० आजिवन, २ सय ५० साधारण सदस्य रहेको हरेक बर्ष साधारण सभा गरिने , तीन बर्षमा अबिधेसन हुने गरेको र वर्तमानमा दौलत कुमार राइको अध्यक्षतामा दिलीप राई सचिव नर बहादुर खवास, नरनाथ पौडेल,कुमार ढुङ्गेल , प्रकास राई ,राम भुजेल, हरि बुढाथोकी ,मात्रिका बराल ,योगमाया सुनुवार ,शुस्मा राइ, गोमा भुजेल र बिना देबी खवास रहेको समिति क्रियाशिल रहेर नियमित रुपमा ३ जना पुजारीहरुबाट दैनिक पूर्जा अर्चना गरिने गरेको छ । अहिले दैनिक भक्तजनहरुको संख्या तथ्याङमा नरहने भएपनि दैनिक १२ देखी १५ हजारसम्म भक्तजनहरु आउने गरेको अनुमान समितिले गरेको छ ।

मेची रार्जमार्गदेखी मन्दिर सम्म पुग्ने सिडीहरुको संरचना परिवर्तन गरेर सहज बनाउने , पाकिङ स्थल निमार्ण, फोहोर ब्यस्थापन, खानेपानी शौचालय र बिजुली ब्यवस्थापनमा लाग्ने सोच समितिको रहेको सचिव राइको भनाइ रहेको छ ।

कस्तो छ पुजा बिधि ?
आस्थाको धरोहर पाथीभराप्रति जनबिश्वास बढ्दै गएपछि भक्तजनहरुको चाप बढ्न थालेको छ । ूपर्वतका पुत्री पार्वतीले आफ्नो महादेव पति पाउन तपस्या गरेको र वर पुरा भएपछि देब्रे पाउ ताप्लेजुङ्््मा र दाहिने पाउ यहाँ राखेको बिश्वास गरि पार्वतीको तपश्या स्थल रहेरको कारण पाथीभरा नामाकरण गरिएको हो । शक्तिको स्वरुप हो तर ठूलो र सानो भन्ने केही नरहेकोले मनोकामना पूरा हुने भएपछि भाकल गर्ने भाकल पुरा गर्न आउने भक्तजनहरुको भिड देखिने गरेको छ । बिहान ५ बजे खुल्ने र मुल पुजारीहरुबाट पूजा आरती धुप दीप गरिने गरेको छ । भक्तजनहरुले धुप, दीप, चन्दन अक्षता दुध, नैबेध, फलफुल बश्त्र भेटी चटाएर पूजा गर्ने गरेका चलन रहेको ू मुल पुजारी यदुनाथ घिमिरेले बताए ।
घिमिरे बिगत ११ बर्षदेखी मन्दिरमा बस्दै आएका हुन । यहाँ रहेको शिला एकदमै प्राचिन हो । नयाँ संरचनाको बिकासले आर्कषण बढी रहेको छ । मनोकाक्षा पुरा भएका भक्तजनहरु आउने क्रम बढी रहेको छ । मन्दिरमा बली प्रतिबन्ध रहेको छ । देवीले बली नलिने तर भक्तहरुको भाकलअनुसार देबीको बहानलाई बली दिन चाहेमा अलग्गै स्थान ब्यवस्था रहेको छ । मान्दिर भित्र शिला रहेको र देबीको स्वरुप बाहिर राखिएको छ । मन्दिरमा बिबाह ब्रतबन्ध जस्ता क्रियाकलापहरु समेत गराइने र जसको लागि समितिले निधारण गरेको शुल्क लिने गरेको र अनुरोध गरेमा कर्म समेत गराइदिने गरेको पूजारी घिमिरेले बताए

गाउँपालिकाले के गर्न खोज्दैछ ?
पाथिभरा मन्दिरलाई ब्यवस्थित गर्न गुरुयोजना निमार्ण भइसकेको छ । यस्को कार्यान्वयनमा गाउँपालिका लागेको अध्यक्ष शमसेर राई बताए । पाथिभरालाई थप सुबिधा सम्पन्न र ब्यवस्थित गर्न प्रदेश सरकार समक्ष बजेट माग गरिएको छ । पाथिभराको मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई यातायातका साधन राख्न असुबिधा भएको हुदा २१ लाखको लागतमा पार्किङ निमार्ण गरिएको छ । मन्दिरमा रकम संकलन र कार्यान्वयन गर्न समिति मार्फत काम गर्ने गरि गत आर्थिक बर्षबाट पाथिभरामा संकलन भएको रकमलाई गाउँपालिको आम्दानीमा राखेर भक्तजनबाट उठाइएको भेटीलाई पारदर्शी बनाएर पाथिभराको बिकासमा खर्च गरिने काम भइरहेको अध्यक्ष राईको भनाई छ ।

कुटीडाँडामा गाउँपालिकाको प्रबिधिक इस्टुमेन्टनुसार अपाङ मैत्री सार्बजनिक शौचालय गत बर्षको असार मसान्त सम्म १६ लाख खर्च भइसक्दा निमार्ण कार्य सम्पन्न नभएको हुदा चालु आर्थिक बर्ष पछि १२ लाख थप गरेर जम्मा २८ लाख रकमबाट शौचालय निमार्ण भई चालु भइसकेको छ । कुटीडाँडा छेउबाट पाथिभरा मन्दिर सम्म र हाँसपोखरी बस्तिबाट ६५० मिटर तलबाट २ वटा मोटर सञ्चालन गरेर गाउँपालिकाको १७ लाखको लागतमा हाँसपोखरी छेउका १ लाख लिटरको ट्रयाङकी निमार्ण गरिएको छ । त्यस्तै लामपोखरीमा अर्को ट्रयाङकी निमार्ण गरि २२ लाखको लागतमा १२० घरलाई खानेपानीको ब्यावस्था गरिएको छ ।

कोटीडाँडा बजारमा दैनिक भक्तजनको तथ्याङक राख्न प्रबेशद्धारमा गेट निमार्ण गरि रेकर्ड राख्ने ब्यवस्था मिलाउने गाउँपालिकाको लक्ष रहेको छ । भक्तजनलाई अझ सजिलो बनाउन र क्षेत्र बिकास कोष र गाउँपालिकालाई सजिलैसँग तथ्याङ राख्न बिधुतीय हाजिराको ब्यावस्था मिलाउन समेत योजना रहेको गाउँपालिकाको योजना रहेको अध्यक्ष शमसेर राईले बताए ।

निस्कर्षमा
नेपालको चिनारी , रोङ गाउँपालिकाकोको पहिचान बन्दै गएको आर्कषक मनमोहक प्राकृतिक स्थल र आस्थाकी देखी पाथीभराप्रति दिनानुदिन भक्तजनहरुको आर्कषण बढ्दै गएको छ । नेपालको पर्यटन बिकाशमा पाथिभरा एउटा स्तम्भ भएर रहेको छ । धेरै यातायात ब्यवसायीहरु, होटल ब्यवसायिहरु, फुल खेती गर्नेहरु , रोङ र इलाम र पािथिभराको चिनारी बेच्ने पसलहरु धुप सिँदुर ,टिका चुरा देखी चटपटे इलामे तरकारी र फलफुलले समेत बजार र ब्यापार पाउदा ग्रमिण जीवनस्तरमा आर्थिक टेको बन्दै गएको छ पाथीभरा ।

वाताबरण सरसफाइ, सहयोगी भावना, मिलनसार ,शान्ति सुरक्षामा कायम गर्न मात्र सकियो भने धेरै फाइदा हुने छ । त्यसकारण आऊ जुटौ र उठौ पाथीभरा क्षेत्रको बिकासबाट रोङको समृद्धि संभव छ ।

प्रतिक्रिया दिनुहोस