कोरोना संक्रमित प्रहरीको संख्या ६ हजार १ सय ८६ जना

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १९, काठमाडौँ । देशभर कोरोना संक्रमित प्रहरीको संख्या ६ हजार १ सय ८६ जना पुगेको छ । जसमध्ये पाँच हजार दुई सय ७० जना डिस्चार्ज भइसकेको छ भने देशभर ९ सय १६ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

सक्रिय संक्रमितमा प्रहरी प्रधान कार्यालयकै १९२ जना र उपत्यकाका १९० जना छन् । यस्तै प्रदेश १ का १०३, प्रदेश २ का १३ जना, वाग्मती प्रदेशका ७१ जना, गण्डकी प्रदेशका १६० जना, लुम्बिनी प्रदेशका १०८ जना, कर्णाली प्रदेशका ३८ जना र सुदूरपश्चिम प्रदेशका ४१ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस