पारस र सन्दीपले खेलेनन्

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १८, काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध आज (सोमबार) को खेलमा पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने खेलेका छैनन् । नेपाली राष्ट्रिय टोलीबिरुद्ध एमसीसीले आज ५० ओभरको खेल खेलिरहेको छ ।

कप्तान ज्ञानेन्द्र मल्लले खेल अफिसियललाई बुझाएको सूचीमा पारस र सन्दीपको नाम छैन ।

एमसीसीले अहिले टस जितेर ब्याटिङ गरिरहेको छ ।

नेपालको प्लेइङ ११ मा कप्तान ज्ञानेन्द्र मल्ल, इशान पाण्डे, शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, पवन सर्राफ, करण केसी, ललित नारायण राजवंशी, विक्रम सोव र अभिनाश बोहोरा छन् ।

यसैगरी एमसीसीमा कप्तान जिमी एडम्स, विल रोड्स, क्यलम ज्याक्सन, बिलि गोडलम्यान, टम वेस्टली, विल भानडरसपार, माइल्स ह्यामन्ड, एलेक्स थम्प्सन, यासिर अरफत, क्रिस राइट, ओलिभर ह्यानन छन् ।

प्रतिक्रिया दिनुहोस