सिन्धुपाल्चाेक बस दुर्घटना : ३ जनाकाे ज्यान गएकाे पुष्टि

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १७,काठमाण्डाै ।  सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको पुष्टि भएको छ ।

दोलखाबाट काठमाण्डौका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग अन्तर्गत सुकुटेबाट सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बसमा ३० देखि ४० जना यात्रु रहेका थिए । अहिले उद्दारको काम भैरहेको छ । दुर्घटनामा ज्यान गुमाउने यात्रुको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस