रोनाल्डोको युभेन्ट्स फेरि शीर्ष स्थानमा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १७, काठमाडौं । साविक विजेता युभेन्ट्स फेरी इटालियन सिरि ‘ए’ फुटबलको शीर्ष स्थानका उक्लिएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई उसैको मैदानमा १–० गोलले हरायो । युभेन्ट्सको कठिन जितमा म्याथिज डि लिग्टले गोल गरे ।

लि लिग्टले ७०औं मिनेटमा गोन्जालो हीग्वीनको पासमा गोल गरेका थिए । टोलीका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमा लगातार गोल गर्ने अवसर बनाएपनि सफल हुन सकेनन् । जितसँगै शीर्ष स्थानमा रहेको युभेन्ट्सले ११ खेलबाट २९ अंक बनाएको छ । समान खेलबाट ११ अंक बनाएको टोरिनो १३औं स्थानमा छ ।

शनिबार रातिनै भएको अर्को खेलमा इन्टर मिलानले बोलोग्नालाई २–१ गोलले हरायो । इन्टरको जितमा दुवै गोल रोमेलु लुकाकुले गरे । लुकाकुले ७५औं मिनेटमा पहिलो र अन्तिम समयमा पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए । यसअघि बोलोग्नाका रोवर्टो सोरिएनोले ५९औं मिनेटमा सुरुवाती गोल गरेका थिए ।

जितसँगै दोस्रो स्थानमा रहेको इन्टर युभेन्ट्सभन्दा एक अ.कले पछि छ । इन्टरले २८ अंक बनाएको छ । १२ अंक बनाएको बोलोग्ना १२औं नै स्थानमा छ । अकोृ खेलमा रोमाले नापोलीलाई २–१ गोलले हराउँदै तेस्रो स्थानमा उक्लियो । जितसँगै रोमाले २२ अंक बनाएको छ । छैटौं स्थानमा रहेको नापोलीको १८ अंक छ ।

प्रतिक्रिया दिनुहोस