यन्त्रिकरणले किसानलाइ राहत

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • गोबिन्द पौडेल, इलाम

कातिक १५, इलाम । दुर्गम गाउमा पनि खेतीपातीको लागि आधुनिक उपकरणको प्रयोग हुन थालेपछि किसानले राहत महशुस गरेका छन् ।

आधुनिक तरिकाले खेती गर्नको लागि बिभिन्न प्रकारको उपकरणको प्रयोग भइरहेको भएपनि कुन कामको लागि कुन उपकरणको प्रयोग गरिन्छ भन्नेनै थाहा नपाएका भएपनि गाउमा हालैमात्र बारी जोत्ने मिनि टेलर प्रयोग हुन थालेपछि किसानहरुले रहत महसुस गरेका छन् । बर्षमा दुइचार दिन जोत्नको लागिहलगोरु पाल्नुपर्ने बाध्यतामा रहेका किसानहरुको लागि गोरु पालेर खेती गर्नु फाइदा नहने भएकोकारण सामान्य र थोरै खेती गर्न बारी खनेर गने गरेको भएपनि धेरै मात्रामा खेत ीगर्न नै छाडेको अस्थामा इलामो दुर्गमा गाउहरुमा बारी जोत्ने मिनि टेलर प्रयोग हुन थालेपछि राहत भएको रोङ ६ का किसान इन्द्र प्रधानले बताए । प्रधानले यसै बर्षमात्र कृषि ज्ञान केन्द्र इलाम मार्फत ७५ प्रतिसत अनुदानमा मिनि टेल ल्याएका हुन । प्रधानसगै गाउमा भित्रिएको अन्य एउटा मिनि पावर टेलरबाट गाउमा सेवा प्रबाह भएको किसान जीवन प्रधानको भनाइ रहेको छ ।

थोरै समयमा धेरै काम गर्न सकिने र काम प्रभावकारी हुने भएपनि गाउपालिका कृषि शाखाले सुचना प्रबाह नगरेको कारण आफुहरुले उक्त अनुदान अवसरको फाइदा लिन नसकेको कतिपय किसानहरुको गुनासो रहेको छ ।

कृषि प्रधानमुलुक नेपालमाहरेक कुराहरुमा परनिर्भर भइरहेको बेलामा कृषिमा आधुनिकिकरण र यन्त्रिकरणको प्रभाव रहने हो भने उत्पादन बढ्ने र लागत घटेर नागरिकहरुको आकर्षण बढ्ने र बेरोजगार अनि युवाहरुको बिदेश मोह घट्ने निश्चि रहेको छ ।यसको लागि तीनै तहका सरकारले लगानी गर्न जरुरी रहेको किसानहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस