नेकपा भक्तपुरले गर्‍यो ६ जनाको नाम सिफारिश

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १५, भक्तपुर । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवारका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भक्तपुरले ६ जना उम्मेदवारका नामावली सिफारिश गरेको छ ।

नेकपा भक्तपुरले सर्वसहमत रुपमा तीन जनाको नाम सिफारिश गर्न नसकेपछी ६ जनाको नामावली केन्द्रमा पठाएको छ । पार्टीले बैठकले सिफारिस गरेको नाममा देवीप्रसाद ढकाल ९डीपी०, मोहनवीर श्रेष्ठ, रमेश बुढाथोकी, शम्भु दाहाल, दामोदर दंगाल र रामबहादुर श्रेष्ठ रहेका छन् ।

भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र–१ (क)बाट प्रदेश सभामा तत्कालीन नेकपा एमालेबाट निर्वाचित हरिशरण लामिछानेको निधन भएपछि सो क्षेत्रमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

उक्त प्रदेशमा २०७४ सालमा सम्पन्न निर्वाचनमा बिजयी दल तत्कालिन नेकपा एमाले, मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र अर्को प्रतिस्पर्धी दल नेपाल मजदुर किसान पार्टीले शुक्रबारसम्म उम्मेदवार छान्न सकेको देखिदैंन् । भक्तपुर क्षेत्र नम्वर १ (क) (चाँगुनारायण नगरपालिका सबै वडा र भक्तपुर नगरपालिका वडा नम्बर १०) मा उप निर्वाचन हुदैछ ।

अघिल्लो निर्वाचनमा ९नेकपा एमाले० नेकपाका स्वर्गीय हरिशरण लामिछाने १२ हजार सात सय ७९ मतसहित निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस