दाङ जिल्लामा रहेकोे १२९ बर्ष पुरानो एतिहासिक ५५ झ्याले दरबार भित्रको रहस्यमय यस्तो

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट

.(सागर थापा)

दाङ जिल्लाको देउखुरी लमहीबाट दक्षिणमा पर्ने एउटा गाउँको नाम हो गोबरडिहा। चारैतिर प्राकृतिक मनोरम दृश्य।

छेउमा राप्ती नदी। नदीको एउटा धार बीचमा दरबार अवस्थित छ। छिमेकीले यो दरबारलाई ५५ झ्याले दरबार भनेर चिन्ने गर्छन्। दरबार निर्माण गर्न एक दशक खर्चिएको स्थानीयवासीहरु बताउँछन्।

भारतका गोरखपुरदेखि कोइलावास नाकाका तुलसीपुर नजिकैका बालारामपुरका समेत कालिगढले बनाएको कथा सुन्न पाइन्छ। काठ, इँटा र प्लास्टर गर्ने सामग्री यहीँका प्रयोग भए तर कालिगढ भने भारतका पछिल्लो समयमा दाङको देउखुरीमा रहेको यो दरबार ओझेलमा परेको छ। दरबार निर्माणको सुरुआत विसं १९४७ मा भएको थियो। भनिन्छ, सो भवन तयार हुन ९ वर्ष लाग्यो। राजपरिषद् स्थायी समितिका सभापति पर्शुनारायण चौधरीका बुबा जोखनप्रसाद चौधरीले यो भवन बनाएका हुन। दरबार वातावरण मैत्री छ।

दरबारको बीच भाग खुला छाडिएको छ जुन ग्यालरी हो। अरु कोठा काष्ठ कलाकौशलले सिंगारिएका छन्। ‘भवनको संरक्षण भएको छैन’, भवनमा भने। भवनको स्वरुप राजा महाराजा बस्ने दरबारको जस्तै छ। संरचनामा कुमारी घरको समेत झल्को देखिन्छ। अनि हनुमान ढोका दरबारमा भएजस्तै काष्ठकला देखिन्छ, त्यो दरबारमा। देउखुरीको यो ऐतिहासिक धरोहरलाई बाहिर चिनाउन कतैबाट पहल भएको छैन। पारिवारिक सदस्यले त्यसलाई पुरातात्विक इतिहास सँगै ऐतिहासिक धरोहरको रुपमा स्थापित गर्न चाहन्छन् तर राज्यले त्यसलाई सहज रुपमा स्वीकारेको छैन।

नेपाल सरकार, पुरातत्व विभागले एकसय वर्ष पुराना ऐतिहासिक धरोहरलाई राज्यका तर्फबाट संरक्षण प्रदान गर्दै आएको छ। पुरातत्व विभागले एक पटक निरीक्षण गर्नुबाहेक यहाँ केही गरेको छैन। मासको पीठो, पिसिएको ढुङ्गा, बालुवासँंगै पुराना शैलीमा यो दरबारको पक्की संरचना निर्माण गरिएको जोखनका नातिनी पुजाले बताए।

अहिले सोही दरबारको दुई कोठा उपयोग गरी बस्दै आएका छन्। राज्यले संरक्षण गर्छ भने यो दरबार पुरातत्व विभागलाई हस्तान्तरण गर्न आफूहरु तयार भएको उनले बताए।दुई वर्षअघि पुरातत्व विभागका कर्मचारी आएर यो भवनलाई पुरातात्विक संरचनामै राखेर मर्मत तथा सम्भार गर्ने आश्वासन दिएर गएको स्वर्गीय पर्शुनारायण चौधरीका नातिनी पुजा चौधरीले बताएन । त्यो बेला पचपन्न झ्याल र भवनको चौखण्डमा सिंहको आकृति बनाएको भन्दै तत्कालीन राणाहरुले भवन बनाउने जोखनप्रसाद माथि सार्वजनिक मुद्दासमेत चलाएको थियो। राणा सरकारले लगाएको मुद्दा खेप्न राजधानी जानुपर्थ्यो त्यो बेला।

अहिले ३६ कोठे यो दरबारमा परिवारका सदस्यले दुई कोठा मात्रै प्रयोगमा आएका छन्। दरबारका बाँकी कोठाको संरक्षण हुन सकेको छैन। हाल यो दरबारका कोठाहरुमा झार पलाउन थालेका छन्। धमिरोले काठ खान थालेको छ ।

दाङको देउखुरीमा पचपन्न झ्याले सिंहदरबार बनाएसँगै जोखनका छोरा पर्शुनारायण चौधरीले पनि आफ्नो बस्तीमा कम्ती राम्रो संरचना बनाएनन्। ‘यो राज्य संरचनालाई चुनौती थियो, दाङमा राज खानदानको जस्तै संरचनाको दरबार बनाएका थिए तत्कालीन नेता स्वर्गीय पर्शुनारायण चौधरीको भनाइ स्मरण गर्दै नातिनी पुजा चौधरीले भने। अहिले परिवारकै सदस्यले यो ऐतिहासिक धरोहरलाई जोगाइराखेका छन्। त्यो परिवेशमा बनाइएको यो दरबार अहिले संरक्षणको पर्खाइ छ। भवनमा प्रयोग गरिएका काष्ठकला अझै बिग्रेका छैनन्।

काठ बालेर पोलेका इँटामा कुनै दाग लागेको छैन। तर पनि परिवारलाई आधुनिक परिवेशमा यो भवन स्याहार्न धौधौ भएको छ। सिंहदरबारको झल्को यो दरबारमा देख्न सकिन्छ। कुमारी घर, हनुमान ढोका र नौतले दरबारको झल्को पनि पाइने यो दरबारको संरक्षणमा स्थानीय निकाय पनि लागेको देखिँदैन। स्वर्गीय पर्शुनारायण चौधरीका भाई केशव नारायण चौधरीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस