सन्दर्भ: श्रीमान र तिहारको !

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

घमन्डीले सम्बन्ध तोड्न सक्छ तर आफ्नो घमन्ड छोड्न कहिल्यै सक्दैन चाहे त्यो पढे लेखेको बुद्दिमानी नै किन नहोस ! अहिले वर्तमान राजनीतिको धरातल श्रीमानहरुसँग जोडिएकोले होला सायद चर्चा नै एमसीसी पछि श्रीमानहरुकै छ । त्यसैको उपज हुनसक्छ गत शुक्रवार बार एशोसियसन अगाडि दुई न्यायमुर्तीहरुको झडप देख्न परेको ।

घमन्डीले सम्बन्ध तोड्न सक्छ तर आफ्नो घमन्ड छोड्न कहिल्यै सक्दैन चाहे त्यो पढे लेखेको बुद्दिमानी नै किन नहोस !

सायद यो नेपालको इतिहासमा पहिलो हुनसक्छ कानुनबिदहरुको बिचमा हात हालाहाल भएको । तर यसो हुनुको पछाडि दलीय स्वार्थ निहीत छ नै । पीएम बिदेश भ्रमणमा छन । यता प्रधानन्यायाधिशको राजिनामा माग गर्दै कानुन ब्यबसायिहरुलगायत अन्य बृत्तमा बिरोधको स्वरहरु गुन्जिएका छन । साझा पाटीकानुसार चोलेन्द्र श्रीमान राजिनामा दिने मुडमा छैनन । उल्टै कर्तुत खोलिदिउ कि भन्नेजस्ता अभिब्यक्ति आएको भन्ने सुनिएको छ । उता यहि कार्तिक १५ गते प्रधानन्यायधिशको इजलासमा बालुवाटार जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरु माधब र बाबुरामको सुनुवाई हुदैछ ।

प्रचन्ड र श्रीमानवीच पनि भेट वार्ता भएको खवर आउनासाथ केही पात्रहरु खुशि भएको खवर छ । अव न्यायलय पनि सुधृने भन्दा बिगृने मतिमा अगाडि बढेको देखिन्छ । अनि हामी सर्वसाधारणले न्यायिक राज्यको परिकल्पना कसरी गर्नु ? यता तिहार चाड नजिकिंदै छ । ठाउँ ठाउँबाट जुवाडेहरु पक्रीइएका छन । भनिन्छ नि, “नखेल्नु जुवा र तास, धनको नास जीवनको वनवास ।” हुनपनि यो गित हरेक जुवाडे र लहडीको वास्तविक जीवनसॅग मेल खान्छ ।

अझै सोच्नुहोस, अझै केही दिन बाँकि छ । नामुद जुवाडेको लागि यि दिनहरुमा पनि धेरै धनको नास हुन सक्छ । परिवार सम्झनुहोस, समाजमा इज्जत र प्रतिष्ठा सम्झनुहोस । हाम्रै छरछीमेकमा त एक जनालै हिजो राती करिव १ लाख हारिसक्यो । तैपनि उ त्यो पैसा फर्काउने तयारीमा छ अझै । त्यसैले , चाडपर्व मान्ने हो तर आफ्नो औकातनुसार ।

प्रतिक्रिया दिनुहोस