पर्यटकिय गन्तब्य बन्दै छ इलामको सलकपुर

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ४ मिनेट
  • गोबिन्द पौडेल , इलाम

कात्तिक ११, इलाम । इलामघुम्ने पर्यटकहरुको संख्या हरेक बर्ष बृद्धि भइरहेको सन्र्दभमा सलकपुर पनि नया गन्तब्यको रुपमा बिकास भइ रहेको छ । सुन्तलाको अत्याधिक उत्पादन हुने गरेको सलकपुरमा पछिल्लो समयमा अलैची खेतीको बिस्तार हुदा हरेक बर्ष आउन आगन्तुकहरुको संख्या बढ्न थालेपछि अहिले पर्यटक भित्राउन संस्थागत बिकास भइरहेको छ ।

शान्त बाताबरण ,शितल हावापानी, मनोरम दृश्य, सूयोदय र सूयोस्तको दृश्यावलोकन, नेपाल र भारतको सिमा र धार्मिक महत्वको स्थान र कृषि उत्पादनमा बिबिधता भएको कारण पनि सलकपुर पर्यटकहरुको रोजाइ बन्ने गरेको हो । हरेक बर्ष हिउदको समयमा हजारौ भारतिय नागरिकहरु सलकपुरमा डुल्न, र बोटमानै सुन्तला चाख्दै रमाउन आउन थालेपछि सलकपुर पर्यटकहरुको गन्तब्य रहेछ भन्ने संकेत मिलेको थियो ।सुदुर पूर्वको भारतिय सिमा सगै तराइबाट सबै भन्दा नजिकको डाडो गुर्धुमबाट सुयोदय र सूयोअस्तको दृश्यावलोकन गर्न सकिने भएपछि तराइका नागरिकहरुकोलागि सलकपुर गन्तब्य बन्दा यहाका पूर्वाधार र भौतिक बिकासले फड्को मार्दै गएको छ भने स्थानियहरुको जीवनस्तरमा समेत सकरात्मक प्रभाव पारेको छ ।

पर्यटकहरुको ब्यवस्थापनलाइ सहज बनाउन सलकपुरमा सामुदायिक रुपमा घरबास  (होमस्टे)  को बिकास गरिएको छ । शुरुमा पाचवटा घरमा पाहुनाको लागि ब्यवस्थापन गर्न लागेका स्थानियहरु अहिले दशबटा घरमा बिस्तार गरिएको छ । एकसाथ पचासजना पाहुनाहरुलाइ ब्यवस्थापन गर्न सकिने र त्यो भन्दा धेरै पाउना भएमा अन्य घरहरुमा पनि ब्यवस्थापन गर्न सकिने जस्केलो सामसदायिक होमस्टेका कोषाध्यक्ष लक्ष्मि तामाङको भनाइ रहेको छ । २०७१ – २०७२ सालदेखी होमस्टेको बिकासमा लागेकामा खासगरि कार्तिक महिनादेखी भीडभाड शुरु हुने गरेको छ । पारिवारीक भ्रमण,बिदा बिताउन, मनोरन्जन, कृषि प्रणालीको अध्ययन अवलोकन र बैठक गर्नको लागि सलकपुरमा पर्यटकहरु आउने गरेका छन् ।

सलकपसर आउने पर्यटकहरुले स्थानिय उत्पादन , मौरीको मह, सागसब्जी, सुन्तला, एर्बोकार्डो, अलैची जस्ता बस्तुहरु किनेर लैजाने र स्थानिय उत्पादन नै चाद्यन रुचाउने गरेको र आगन्तुकको माग अनुसार नै सेवा दिने गरेको तामाङको भनाइ रहेको छ । उनीहरुको एकरातको बसाइमा खाना बाफत रु १ सय २० देखी २ सय ५० सम्म र कोटाको ४ सय देखी ५ सय सम लिएर सेवा दिइने गरेको छ ।

सलकपुरमा पर्यटकहरुको आगमन बढेसगै उनीहरुको चाहना अनुसार उत्पादन गर्न थालिएको छ । स्थानिय बासीहरुले घरमै कोदो र केरा, सुन्तला स्याउ लगायतको रक्सीहरु उत्पान गरिन थालेको छ भने ब्यवसाहिक रुपमानै लोकल कुखुरा पालन र तरकारीहरुको उत्पादन गर्न थालिएपछि पाउना आउन साथ तुरुन्तै ब्यवस्थापन गर्न सहज भएको छ । स्थानिय बासीहरुको चाहना र मागको आधारमा रोङ गाउपालिकाले किसानहरुलाइ तालिम र सिप दिएर स्थानिय उत्पादनमा प्रेरित गरिएकोले आफसहरुले पनि पर्यतन ब्यवसायबाट लाभलिन सकेको लोकल कुखुरा पालन ब्यवसाय गर्दै आइका याम अधिकारीले त्रताए । त्यसोत गाउपालिकाले होमस्टेको बिकासको अध्ययन अवलोकनको लागि समितिका पदाधिकारीहरुलाइ अहिलेसम्म सफल रुपमा होमस्टे संचालन गरिएको इलामकै अन्तुको भ्रमण गराउदा त्यहाबाट पनि थुप्रै कुरा सिकेको अनुभव सुनाउछन् ।

नेपालका बिभिन्न स्थानबाट बाहेक भारत र तोश्रो मुलुकका पर्यटकहरु आउने सलकपुरमा गाउपालिका र अन्य साझेदार संस्थाहरुबाट मेचीखोलाबाट गाजले, हल्लने हासपोखरी , निन्दा गुधुर्म गाजले हासपोखरी पर्दमार्ग निमार्णको कार्य , नमुना धरहराको निमार्ण,सडकको स्तरउन्नती र प्रचार प्रसारको काम थालिएको वडाध्यक्ष मनि कुमार तामाङको भनाइ रहेको छ । सलकपसरमा मात्र हैन पर्यटन बिकासको लागि समग्र वठा र गाउपालिका अनि पर्यटकहरुको करिडोरकै पहिचान गरि स्थानिय बस्तुहरुको उत्पादन, स्थानिय धार्मीक ,सास्कृतिक, सामाजिक स्थलहरुको बिकास गदै सहकारीको सिद्धान्त अनुसार कृषि उपजहरुको उत्पान र बजारीहरण आफु प्रतिबद्ध रहेको यनको भनाइ रहेको छ ।पर्यटक र स्थानिय नागरिकहरुको सुबिधाको लागि आधारभुत पुर्वाधारको बिकासलागि गाउपालिकाले सहयोग गर्ने वडाध्यक्ष तामाङको प्रतिबद्धता रहेको छ ।

स्थानिय बासी र सरकारी गैर सरकारी संस्थाको पनि सहयोग
सलकपुरको पर्यटन प्रबर्र्धनको संभावनालाइ बिभिन्न सरकारी गैर सरकारी सस्थाहरु र स्थानिय बासीहरुले पनि दिल खोलेर सहयोग गरेका छन । पर्यटक ब्यवस्थापनको लागि तारागाउ बिकास सस्थाले होमस्टे ब्यबस्थापन , मेची पहाडी पर्यटन बिकास सस्थाले पदमार्ग निमार्ण , ग्रीन जेनेरेसन झापाले ग्रामिण पर्यटन प्रर्बधन कार्यमा सहयोग गर्दै आएको छ भने डिभाइन लव सावरले अर्गेनिक कृषि प्रणाली बिकास र बिस्तार गराएर स्वस्थ रहन मेरिटेसन र स्वस्थ्य खानपान र को अवधारणा अगाडी बढाएको छ । स्थानिय बासीहरुले पनि उनिहरुको कार्यको सिको गदै सहकार्य गर्दै आएको स्थानिय युवा तिलक अधिकारीले बताए । उनीहरुले गर्दै आएको कार्यबाट पनि रोङको बिकासमा सहयोग पुग्ने भएकोले आफुहरु हातेमालो गर्न तयार रहेको वडाध्यक्ष तामाङ बताउछन ।

प्रतिक्रिया दिनुहोस