बर्दिया एसपीको काम कार्वाही सुरु, जुवा खेलिरहेका ३१ जना पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

कात्तिक १२, बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दिया, ई.प्र.का.राजापुर र ई.प्र.का.मोतिपुर बर्दियाबाट खटिएको बिषेश प्रहरी टोलीले बर्दिया राजापुर नगरपालिका वडा नं.१ बस्ने गुरिलाल थारुको घरमा जुवा खेलीरहेका ३१ जना पक्राउ गरेको छ ।

हारजित हुने गरी जुवा खेलिरहेको अबस्थामा नगद पैतालीस हजार सात सय उन्नाईस, २ गड्डी तास र बर्दिया बाँसगढी नगरपालिका वडा नं.३ बस्ने प्रताप थारु, ऐ.ऐ. वडा नं.९ बस्ने मोहन खत्रीको घरमा हारजित हुने गरी जुवा खेलिरहेको अबस्थामा ९ जना नगद त्रियासी हजार चार सय पाँच ६ गड्डी तास कानुन बमोजिम बरामद गरी उनिहरुलाई पक्राउ गरी जुवा ऐन मुद्धामा आबश्यक अनुसन्धान कार्वाही गर्ने जिल्ला प्रहरी कार्यालय बर्दिया प्रहरी प्रमुख एसपी राजेश बास्तोलाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस