सशस्त्र प्रहरी प्रमुख डिआजी पौडेल बाँकेको निरीक्षणमा, भ्रमणमा जनताको हितमा काम गर्न निर्देशन

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा/महेन्द्र सिंह, बाँके

कात्तिक ११, बाँके । नेपालगन्ज सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ नम्बर प्रदेश बिन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआइजी नारायणदत्त पौडेलले सशस्त्र प्रहरी युनिट लगायत बाँकेको विभिन्न स्थानहरुको निरीक्षण गर्नु भएको छ।

डिआइजी पौडेलले नेपालगन्ज भन्सारको सुरक्षा अवस्थाका बारेमा पनि निरीक्षण गर्नु भएको छ। डिआइजी पौडेलले अबलोकनमा सशस्त्र प्रहरी बल बाँकेका विभिन्न युनिटको समेत निरिक्षण गर्नु भएको छ। साथै डिआइजी पौडेलले बाँकेमा रहेका बिओपी बोर्डर आउट पोस्ट कट्कुइँया, नरैनापुर, गंगापुर र कालाबन्जरको स्थलगत अनुगमन गर्नु भएको थियो । त्यस क्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँके तथा ४० नम्बर गुल्म राजस्व तथा भन्सार गस्ती सुरक्षा लाई सीमा सुरक्षा, चोरी निकासी पैठारी नियन्त्रण बिपद् ब्यबस्थापन तथा आन्तरिक शान्ति सुरक्षा कायम गर्ने सवालमा राज्यबाट प्राप्त भएको जिम्मेवारीलाई उच्च मनोबलका साथ निभाउन कुनै पनि तस्करीलाई रोक्न डिआइजी पौडेलले निर्देशन दिनुभएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका सशस्त्र प्रहरी प्रमुख एसपी दिपक अधिकारीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस