नेकपाका दुई अध्यक्षको बालुवाटारमा विशेष भेटवार्ता

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ११, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै एक घण्टा ओली र प्रचण्डबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओली आइतबार बाकुबाट नेपाल फर्किए लगत्तै दुई अध्यक्षबीचको भेटलाई निकै अर्थपुर्ण रुपमा हेरीएको छ । मंसिर १४ हुने उपनिर्वाचन, पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता लगायतका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।

केही समयअघि ओली र प्रचण्डबीच दुरी बढेको भन्ने समाचार सार्वजनिक भएपछि उनीहरुबीचको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी भएको थियो ।

प्रतिक्रिया दिनुहोस