ट्वान्टिफोर नेपाल मिडीया प्रा लिको कार्यालयमा लक्ष्मीपुजा सम्पन्न

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १०, काठममाडौं । ट्वान्टिफोर नेपाल मिडीया प्रा लिको केन्द्रिय कार्यालय नयाँबजारमा आज विशेष पुजाआजाका साथ लक्ष्मीपुजा गर्ने कार्य सम्पन्न भएको छ ।

ट्वान्टिफोर नेपाल मिडीया प्रा लिको केन्द्रिय कार्यालय नयाबजारमा कम्पनीका सञ्चालक तथा खबर नेपाल डटकमका सम्पादक सन्तोष अर्याल र मल्टिमिडीया प्रमुख मनोज गजुरेलले पुजा कार्यक्रम सम्पन्न गर्नुभएको हो । पुजा कार्यक्रम पछिैं उपस्थित महानुभाबहरुसँग शुभकामना आदान प्रदान कार्यक्रम समेत भएको थियो । कार्यक्रममा कम्पनीका सञ्चालक सन्तोष अर्यालले शुभ दिपावलीको सम्पुर्ण पाठक वर्ग लगायतलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

उहाले खबर24नेपालको फेसबुक पेच मार्फत पनि सम्पुर्णमा शुभकामना समेत व्यक्त गर्नु भएको छ । उहाले फेसबुक पेजमा लेख्नुभएको छ । हिन्दुहरुको दोश्रो ठुलो महान् पर्व तिहार तथा शुभ दिपावली २०७६ सालको पावन अवसरमा स्वदेश तथा विदेशमा छरिएर रहनु भएका सम्पुर्ण पाठक मित्र लगायत नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा आफन्तजनहरुप्रति सुख, शान्ति, समृद्धिको कामना सहित सु स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।माता लक्ष्मीले घर(घरमा बास गरुँन। संसारका खुशी र उमंग तपाईको साथमा परुन। मनले चिताएको र आँटेको सबै थोक पुर्याउँन। यो तिहार तपाँइको सुनौलो रहोस्।मखमली फूल जस्तै सधै तपाईको जिवन कहिल्यै पनि नओइलाओस।। शुभ दीपावली २०७६ सालको सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना

प्रतिक्रिया दिनुहोस