पूर्वराज्यमन्त्री बानियाँसहित २५ जना जुवाखालबाट पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौँ, १० कार्तिक । प्रहरीले काठमाडौँको महाराजगञ्जस्थित एक जुवाखालबाट पूर्वगृहराज्य मन्त्री इन्द्र बानियाँसहित २५ जनालाई पक्राउ गरेको छ ।

जुवाखालबाट नगद र चेकसहित ५ करोड बढी रकम बरामद भएको छ । महाराजगञ्जस्थित होटल साम्बालापछाडि रहेको विक्रम पौडेलको घरमा प्रहरीले छापा मारेको थियो । महानगरीय प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीका अनुसार, जुवाखालबाट २ करोड ६७ लाख नगद र ३ करोडको चेक बरामद भएको छ ।

पक्राउ परेका व्यक्तिहरूको नाम प्रहरीले खुलाएको छैन । स्रोतका अनुसार, पक्राउ पर्नेमा पूर्वगृहराज्य मन्त्री इन्द्र बानियाँ, ‘क्यासिनो किङ’ भनिने बलराम सापकोटा लगायत छन् ।

प्रतिक्रिया दिनुहोस