नेकपा तारकेश्वरले आज शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्दै

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १०, काठमाडौं । २०७६ सालको शुभ दिपावली ,नेपाल सम्बत तथा छठ पर्व लगायत सम्पुर्ण चाडपर्वको पाबन अबसरमा नेकपा तारकेश्वरले आज शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्दैछ ।

प्रतिनिधीसभा सांसद तथा काठमाडौं जिल्ला संगठन कमिटीका अध्यक्ष कृष्ण राईको प्रमुख आतिथ्य तथा केन्द्रिय सदस्य तथा काठमाडौं जिल्ला संगठन कमिटीका सचिब हिमाल शर्माको बिशेष आतिथ्यमा कान्तिपुर ए बि पार्टी प्यालेस नेपालटारमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम हुन लागेको तारकेश्वर नगरकमिटी संयोजक लब कुमार बस्नेतले जानकारी दिनुभयो । कार्यक्रम बिहान ११ बजे बाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस