गस्तीमा हिडेको प्रहरीलाई आक्रमण गर्ने दुई जना पक्राउ एक जना फरार

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  •  सागर थापा

कात्तिक १०, कैलाली । कैलाली फल्टुडेमा प्रहरीलाई देख्ने बितिकै एक्कासी आक्रमण गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। खाँनिडाँडा बजारमा हिँडिरहेका बेला एकजना प्रहरीलाई चुरे ६ फल्टुडे बस्ने बर्ष २७ को दावा शेर्पाले अन्य ३ जनालाई से ५ प ७३७६ नम्बरको मोटरसाईकलमा ल्याई गुण्डा शैलीमा एक्कासी आक्रमण गरेको हो ।

तुरन्तै गस्ती टोलीले देखेर निज प्रहरीलाई जोगाउन सफल भए । यसमा संलग्न ३ जना मध्ये दावा शेर्पा र ऐ ऐ बस्ने वर्ष २२ को गणेश ऐर लाई प्रहरीले नियन्त्रणमा लिएको र तेस्रो व्यक्ति गोबिन्द भनिनेको खोजी भइरहेको प्रहरीले बतायो । निजहरुले अत्यधिक रक्सी समेत सेवन गरेका थिए। निजहरुको बिगतका कृयाकलापहरु पनि यस्तै रहेको र यस्तै कृयाकलाप गरेर धेरै पटक प्रहरीले सुध्रिने मौका समेत दिएको ईलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी प्रमुख ईन्सपेक्टर माधव विश्वकर्माले बताए । निज हरुलाई थप कारबाहीका लागि जि प्र का कैलाली पठाउने तयारी भइरहेको बिश्वकर्माले बताए।

प्रतिक्रिया दिनुहोस