चाडपर्वलाई मध्येनजर गरेर ईलाका प्रहरी कार्यालय सुनवलले नगरको सुरक्षा ब्यवस्थामा कडाही

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • विमल भट्टराई /ईन्दिरा विश्वकर्मा,सुनवल 

कार्तिक ८, नवलपरासी । चाडपर्वलाई मध्येनजर गरेर ईलाका प्रहरी कार्यालय सुनवलले नगरको सुरक्षा ब्यवस्था र चेकजाचमा कडाही गरेको छ ।

शुभ दिपावी एंवम् छठ पर्वका संभावित खतरालाई मध्येनजर गरी शान्तिपुर्व वातावरणमा जनताको सेवा विस्तार गर्ने उद्देश्यले सुरक्षा ब्यवस्था र चेकजाचमा काडाई गरिएको ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरिक्षक बलराम गिरीले बताउनुभएको छ ।

उहाँका अनुसार सुनवल नगरपालिका भित्रका प्रत्येक वडा शान्ति सुरक्षाको ब्यवस्था गरिएको छ । जस अनुरुप सुनवल १२ भुमहि, सुनवल चोक ,सुनवल ज्यामिरे र बैरागनाथ मा २४ सै घण्टा मोटरसाईकल सहितको डियुटि , मोटरसाईकलको गस्ति, गस्ति मोबाईल भ्यान र सादा पोशाक मा प्रहरी परिचालन गरी समग्र सुनवल नगरपालिकालाई समेट्ने गरी शान्ति सुरक्षा परिचालन गरिएको जानकारी दिनुभयो ।

लागु औषध र्दुब्वसनीलाई नाकाबाट नै कडा गरेको बताउदै उहाँले ईलाका प्रहरी कार्यालय सुनवलको नियम विपरित जुवा तास ,लागु औषध तथा मदिरा सेवन गरेको पाईएमा नियम अनुसारको कानुनी कार्वाही गरिने प्रहरी निरिक्षक गिरीले बताउनुभएको छ । विशेषगरी लागुऔषध र्दुब्यवसनि र मदिरा सेवन गरी भैmगडा र गुण्डागर्दि गदै हिड्ने ब्यक्तिलाई पुर्ण रुपमा नियन्त्रणमा लिई कानुनी कार्वाहि गरिने बताउनुभयो ।

यसका बाबजुत पनि शान्ति सुरक्षालाई खलल पुर्याउने गरी कुनै पनि गतिविधि भएमा तत्काल प्रहरीलाई खबर गर्न ईलाका प्रहरी कार्यालय सुनवलले अनुरोध गरेको छ ।

नगरभित्रको शान्ति सुरक्षा ब्यवस्थालाई अझ सशक्त बनाएकोले माया र सद्धभावका साथ ढुक्क भएर तिहार मनाउन ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरिक्षक बलराम गिरीले सम्पुर्ण नगरबासीलाई आग्रह गर्नुभएको छ । साथै राती १० बजे भन्दा उता देउसीभैलो नखेल्न र जथाभावी रुपमा पटका नपड्काउन पनि उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस