छात्रालाई साइकल

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ९, बारा । प्रदेश नं २ सरकारको ‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत बाराको बारागढी गाउँपालिका–१ को जनता माध्यामिक विद्यालय बुधगाईका ७८ छात्रालाई साइकल वितरण गरिएको छ ।

प्रदेश नं २ सरकारले सो विद्यालयका कक्षा ८ मा अध्यायनरत ७८ छात्रालाई साइकल वितरण गरेको हो । जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका बारागढी गाउँपालिकाका अध्यक्ष देवदत्त बछार थारूले विद्यालयको कक्षा ८ मा अध्यायनरत छात्रालाई साइकल वितरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस