नवलपरासीको जुनतारा किशोरी समुहको आयोजनामा किशोरी भलिवल प्रतियोगिता सम्पन्न

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • विमल भट्टराई /इन्दिरा विश्वक्रमा

कार्तिक ८, नपलपरासी  । नवलपरासीको जुनतारा किशोरी समुहको आयोजनामा सरावलमा सम्पन्न भएको किशोरी भलिवल प्रतियोगितामा ग्रुप बि. प्रथम भएको छ ।

महेन्द्र मावी विद्यालयका कक्षा ६ देखि कक्षा १० सम्मका ६ ओटा किशोरी संजालको सहभागिता रहेको प्रतियोतामा गु्रप बि. प्रथम भएको हो । जस अन्र्तगत गु्रप ए. दृतिय र गु्रप सि.तृतिय भएका छन् । शुक्रबार सरावल गाउपालिका महेन्द्र मावि को प्राङगणमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता जुनतारा किशोरी समुहका अध्यक्ष प्रतिमा गुप्ता गर्नुभएको थियो भने सरावल गाउपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । ए.वि.सि. नेपाल र स्टोम फाउण्डेशनको आर्थिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा प्रथम,दितिय र तृतियलाई कप,मेडल, र प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा महेन्द्र मावि सरावलका प्रध्याध्यापक हरीराम वि.क, सहायक प्रधानध्यापक सुरेन्द्र प्रसाद चौधरी, किशोरकिशोरी सञ्जालका अध्यक्ष संदिप वि.क. , ए.वि.सि. नेपालका सहजकर्ता साहिदा निशा पठान , पत्रकार उमेश वि.क. लगाएतले मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस