जापानका प्रधानमन्त्रीसँग भेट्दा कसरी फरक झण्डा ?

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ७, काठमाडौं । म्यान्मार र जापानको भ्रमण पूरा गरेर राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार राति स्वदेश फर्केकी छन् । उनी म्यान्मारको भ्रमण सकेर उतैबाट जापानका सम्राट नारुहितोको गद्धी आरोहणमा पनि संलग्न भएर आएकी हुन् ।

तर, जापान भ्रमणको क्रममा उनले जापानका प्रधानमन्त्री शिन्जो आबेलाई भेट्दा जापानको झण्डासँगै राखिएको नेपालको झण्डाको घेराको रंग भने संविधानको अनुसूचीमा भएको झण्डाको निलो रंगभन्दा फरक राखिएको पाइएको छ । नेपालको झण्डाको घेरा नीलो रंगको हुन्छ । शान्ति र सहिष्णुताको प्रतीकको रुपमा घेरामा नीलो रंग राख्ने गरिएको हो ।

तर, के अर्थमा जापानमा कालो घेरा भएको झण्डा राखियो भन्ने बारेमा खुलेको छैन । राष्ट्रपति कार्यालयका एक अधिकारीलाई यसबारेमा जिज्ञासा राख्दा आफूलाई सो विषयमा जानकारी नभएको बताए । बिहान ९ः५० बजेबाट करिब २० मिनेट नेपालका राष्ट्रपति र जापानका प्रधानमन्त्रीको भेट भएको जापानको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस