अबैध बोइलर कुखुरा सहित भारतीय मोटरसाइकल बाँके प्रहरीको नियन्त्रणमा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा/महेन्द्र सिंह

कार्तिक ६, बाँके । भारतबाट अवैध रुपमा नेपाल भित्र्याउदै गरेको अवस्थामा १ सय १८ किलो बोईलर कुखुरा र भारतीय मोटरसाईकल बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान ५. बजेको समयमा UP40 C २२७२ नंम्बरको कालो कलरको हिरोहोण्डा मोटरसाईकलमा ल्याउदै गरेको भारतमा उत्पादित नेपालमा प्रतिबन्ध अबैध बोइलर कुखुरा नेपालगञ्ज गढरेन पुरबाट बाँके प्रहरीले नियन्त्रणमा लिएको हो । बाँके साईगाउ क्षेत्रबाट मोटरसाईकलमा अवैध रुपमा कुखुरा लिएर आउने क्रममा प्रहरीलाई देखेपछि मोटरसाइकल छोडेर भागेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी शिव सिंहले जानकारी दिएका छन ।

सादा पोषाकमा खटिएको सिबिल प्रहरीको टोलीले उक्त मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईनमा बुझाएको छ । नेपालगन्जमा यसरी दैनिक रुपमा अवैध बोइलर तस्करी गरी मोटरसाइकलमा कुखुरा ओसार पोसार भइरहेको भन्दै गोप्य सूचनाको आधारमा बाँके प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस