सातौं विश्व सैनिक खेलकूद प्रतियोगितामा सोम फाइनल चरणमा प्रवेश

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ६, काठमाडौं । चीनमा जारी सातौं विश्व सैनिक खेलकूद प्रतियोगिताको एथलेटिक्सतर्फ ८०० मिटर दौडमा नेपालका सोम बहादुर कुमाल फाइनल चरणमा प्रवेश गरेका छन् ।

बुधबार भएको हिट चरणको खेलमा दोस्रो हुँदै सोमले फाइनल चरणमा स्थान बनाएका हुन् । चौंथो हिटमा रहेका सोमले निर्धारित दुरी १ मिनेट ५० दशमलब ५० सेकेण्डमा पुरा गरे ।

सोमले प्रतिस्पर्धा गर्ने ८०० मिटरमा ८ खेलाडीले फाइनल चरणमा खेल्नेछन् । फाइनल चरण बुधबार साँझ हुनेछ ।

एथलेटिक्सको ८०० मिटर स्पर्धामा सोमको नाममा नेपालमा राष्ट्रिय कीर्तिमान रहेको छ । इन्डोनेसियामा सम्पन्न १८औं एसियन गेम्समा १ मिनेट ५० दशमलब २५ सेकेण्डको समय निकाल्दै उनले कीर्तिमान बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस