यस कारण हट्यो युटुबबाट दुर्गेश थापाको तिहार गीत

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ५, काठमाडौँ । पछिल्लो समय विवादित बनेको ह्याप्पी तिहार बोलको गीत युटुबबाट हटेको छ । गायक दुर्गेश थापाले गाएको सो गीत उनको युटुब च्यानलबाट हटेको हो ।

तिहारको देउसीभैलो गीत बिगारेर गाएको आरोपमा मंगलबार दुर्गेश थापा पक्राउ परेपछि भिडियो हटेको हो । थापालाई महनागरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार बालाजुबाट पक्राउ गरेको थियो ।

तिहारको देउसीभैलो गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनको सो देउसीभैलो गीतले नकारात्मक सन्देश दिएको भन्दै आलोचना समेत हुँदै आएको थियो । उनको सो गीतमा बियरको प्रचार गर्नुका साथै तिहार, देउसी गाँजा तथा बियरखाएर मनाउनुपर्छ भन्ने सन्देश दिएको छ ।

युटुबबाट गीत हटेपनि थापा अहिले प्रहरी नियन्त्रणमै छन् । गायक थापाको च्यानलबाट गीत हटेपनि अन्य केही च्यानलले भने सोही गीत अपलोड गरेका छन् ।

प्रतिक्रिया दिनुहोस