नजिकिएका चाडपर्वहरु र हाम्रो दायित्व

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट

खिमराज गिरी

खासगरी नेपाली महिला दिदी वहिनीहरुले मनाउने तीज पर्व र नेपालीहरुको महान चाड दँशै पनि सकिएको छ र अर्को ठूलो चाड तिहार नजिकिँदै छ ।

नेपाल एक विभिन्न जात जाती,भाषा भाषी, धर्म तथा संस्कृति र विविध संस्कारले भरिएको देश हो । साँस्कृतिक विविधता भएतापनि सामाजिक एकता नै यहाँको अवल परिचय हो । नेपालीहरुले मान्दै आएका विभिन्न चाडपर्वहरुमध्ये दशै, तिहार, छट आदि पर्वहरुको आप्mनै महत्व छ । यी पर्वहरु नेपालीहरुको एक मनोरञ्जको हिसावले मात्र महत्वपूर्ण नभई दिदी बहिनी, दाजु भाई, नाता गोता, इष्ट मित्र, परिवार तथा समाजलाई एकताको सुत्रमा बाँध्ने माध्यम पनि हो । यी पर्बहरुले पक्कै पनि स्वदेस तथा विदेसमा भएका नेपालीहरुवीचको अनेकतालाई एकतामा परिणत गराउन केहि हदसम्म सहयोगी भूमीका खेलेको छ एकातिर भने अर्कोतिर समाजमा अनेक बिकृतिहरु पनि भित्रिएका छन् । बिकृतिहरु यस अर्थमा कि चाड बाड सवैको हो, सवैले आ आप्mनो हैसियतअनुसार मनाउँछन्् तर पनि चाड वाड मनाउने नाममा छिमेकीलाई असर पर्नेगरी भड्किलो स्वभाव र रवाफ देखाउने, एक त पशु बध पक्कै पनि ठीक होइन तथापी हाम्रो संस्कार, रीतिरिवाज र मान्यतानुसार देवीको नाममा पशु वध गरी बली चढाउने, अनावश्यक मार काट गर्ने, छिमेकीलाई देखाउनकै लागि हुनेखानेले भएको सम्पतिलाई अनियमित तरिकाले खर्च गर्ने, अर्कोतिर हँुदाखाने वर्गले आप्mनो औकात भन्दा पनि माथि उठी अनाहकमा ऋण काढेर भएपनि अनावश्यक खर्च गर्ने प्रबृत्तिले हाम्रो जस्तो अविकसित समाजमा विकृतिका खाडलहरु गहीरिँदै गएका छन् ।

यस्तै तिहार पर्वमा पटका पड्काउने, कसैको घरमा देउसी भैलो खेल्न जाँदा घरबेटीले आप्mनो गच्छेअनुसारको दान दिएतापनि जर्बजस्ती अनेक बहानामा वेइज्जत गरेर स्वेच्छाले दान नलिई खोसेर लिनेजस्तो मनोवृत्तिले पक्कै पनि आजका युवाहरु या समाजका अन्य व्यक्तिहरुलाई नसुहाउला कि ? अनि पर्व मनाउने नाममा जाँड रक्सी त छँदैछ उता समाजको सवभन्दा क्यान्सर रोग भनेको जुवा तास हो यसले घर परिवारमा मात्र होइन टोल समाजमा पनि भाँडभैलो मच्चाइराखेको छ ।

पर्व मनाउने त हा,े तर पर्व मनाउने नाममा श्रीमतीको गर गहना, बैंकमा भएको
रुपैया, साथी भाईसँग सर सापट गरेर भएपनि तिहारमा जुवा तास खेलि भएको श्रीसम्पती पनि सक्ने यस्ता दुश्कर्मले गर्दा आफु त नाङ्गियो नांङ्गियो परिवार र समाजलाई पनि नग्याउने प्रबृत्तिले प्रश्रय पाइराखेको हुँदा यस्ता बिकृतिहरुलाई बेलैमा निर्मुल पार्न आज नितान्त आवश्यक भएकोले सम्बन्धित प्रशासनिक निकायलाई बेलैमा सचेत हुन आग्रह गरिनुपर्दछ र प्रहरी प्रशासनबाट कमसेकम टोल टोलमा के भइराखेको छ र के कस्ता गतिविधिहरु भएका छन् भन्ने कुराको हेक्का हुनु नितान्त आवश्यक छ । यसमा तपाई हामी सचेत नागरिकले समाजमा भएका यस्ता विकृतिहरुलाई निर्मुल पार्न “प्रहरी हाम्रो साथी” को नारालाई हृदयङ्गम गरी बर्दीका प्रहरीहरुलाई हामी विना बर्दीका सचेत नागरिकले हरेक टोल टोलमा भएका अनैतिक गतिविधिहरुवारेमा जानकारी दिन सकियो भने समाजमा घटेका यस्ता विकृतिहरु र चाडवाडको नाममा हुने गरेका र भएका यस्ता लुटपाटका घटनाहरु स्वतः कम भएर जान्छ ।

तसर्थ चाड वाडको नाममा कसैले पनि कसैलाई अहित हुने गरी मनाउन खोज्दा हामो जस्तो समाजको लागि केहि अपाच्य होला कि त !

लमजुङ्ग, मध्यनेपाल नगरपालिका २
हाल काठमाण्डौ
९८५११९२०८८

प्रतिक्रिया दिनुहोस